२६ जेठ २०८३, मंगलबार

मन्त्रिपरिषद् विस्तारबारे देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा छलफल

मन्त्रिपरिषद् विस्तारबारे देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा छलफल

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान साढे १० बजेपछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रचण्ड र नेपालीबीच छलफल चलिरहेको छ ।

एमाले विभाजन गरेर माधव नेपालले नयाँ दल बनाएपछि सत्ता गठबन्धनका नेताहरुबीच पहिलो पटक छलफल भएको हो ।

मन्त्रिपरिषद् विस्तार र सरकारमा नेपाल पक्षको सहभागिताबारे छलफल हुने माओवादी स्रोतले बतायो ।

बुधवार नयाँ दल दर्ताको निवेदन दिएको नेपाल पक्षले दल दर्ताको प्रमाणपत्र पाएपछि सरकारमा सहभागी हुने जनाएको छ ।

नेपाल पक्षलाई सरकारमा सहभागी गराउन भन्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्