
प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि बिहीवार बोलाइएको लुम्बिनी प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।
भदौ १ र २ गते पनि एमालेले बैठक चल्न दिएको थिएन ।
अर्को बैठक भदौ ७ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।
एमालेले आफूले कारबाही गरेका मन्त्री अजय शाही र सांसद विमला खत्री वलीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै आएको छ । उनीहरू दुवै जना सूर्य चिह्नबाट निर्वाचित सांसद हुन् ।
एमालेले वली र शाहीलाई पदमुक्त नगर्दासम्म संसद चल्न नदिने बताएको छ । शाही हृदयेशकुमार त्रिपाठीको स्वतन्त्र समूहबाट सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका थिए भने वलीले नेकपाबाट सूर्य चुनाव चिह्नबाट चुनाव जितेकी थिइन् ।
शाहीले आफू स्वतन्त्र समूहबाट चुनाव जितेकाले एमालेको ह्वीप नलाग्ने बताउँदै आएका छन् भने वलीले माओवादी केन्द्र रोजेको बताइएकी थिइन् । वलीलाई पनि नयाँ सरकारले मन्त्री बनाउने तयारी गरेको छ ।
