२६ जेठ २०८३, मंगलबार

तालिबान भन्छ– शरिया कानून लागू हुन्छ, लोकतन्त्र बहाल गरिन्न

भदौ ३, २०७८
तालिबान भन्छ– शरिया कानून लागू हुन्छ, लोकतन्त्र बहाल गरिन्न

तालिबानका प्रवक्ता वहीदुल्लाह हाशिमीले रोयटर्स समाचार संस्थासँग बुधवार कुराकानी गर्दै देशमा लोकतान्त्रिक प्रणाली नरहने बताए । 

लोकतान्त्रिक प्रणाली इस्लामिक कानूनअनुकूल नभएको उनको भनाइ छ । 

‘देशमा कुनै आधार नभएकाले लोकतान्त्रिक प्रणाली कुनै हालतमा बहल गरिन्न,’ उनले भने । 

‘अफगानिस्तानमा कस्तो किसिमको राजनीतिक प्रणाली लागू गर्ने भन्ने विषयमा हामी चर्चा गर्ने छैनौं किनकि त्यो स्पष्ट छ । यहाँ शरिया कानून लाग्छ ।’

बालिकाहरू विद्यालय जान पाउने कि नपाउने भन्ने विषयमा इस्लामिक विद्वानहरूले निर्णय लिने उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्