२७ जेठ २०८३, बुधबार

चीनले पांगोङ तालमा नयाँ डुंगा तैनाथ गर्ने, भारत सतर्क

भदौ ३, २०७८
चीनले पांगोङ तालमा नयाँ डुंगा तैनाथ गर्ने, भारत सतर्क

लद्दाखको पांगोङ तालमा चीनले नयाँ डुंगा तैनाथ गर्ने तयारी गरेको छ । 

पांगोङ तालबाट भारत र चीनले आआफ्ना सैनिक फिर्ता बोलाएको भए पनि चीनले नयाँ डुंगा किनेर त्यहाँ पुनः गतिविधि गर्न खोजेको देखिन्छ ।

दुई किसिमका आधुनिक र शक्तिशाली डुंगा चीनले तैनाथ गर्न खोजेको देखिन्छ । यी डुंगाहरू घन्टाको ६० किलोमिटरको गतिमा दौडिन्छन् र यिनमा २५ देखि ३० सैनिक अर्थात् एक प्लाटून नै बस्न मिल्छ । 

डुंगामा मशिनगन पनि फिट गरिएको छ । गश्तीका क्रममा बेस्सरी गोली चलाउन पनि यसबाट मिल्छ । 

चीनको तैनाथी तयारीपछि भारत पनि सतर्क बनेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्