×

NMB BANK
NIC ASIA

इतिहासको संरक्षण

वीर गोर्खालीको गाथा सम्झाउने साल्मेडाँडा

भदौ ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कास्की र स्याङ्जाको सीमा क्षेत्र हो फेदीखोला । लाहुरेको शहर पोखराबाट १७ किलोमिटर पश्चिम पर्ने फेदीखोला गाउँपालिकाभित्र पर्छ साल्मेडाँडा ।

Sagarmatha Cement
Muktinath Bank

साल्मेडाँडा पछिल्लो समय चर्चित बन्दै गएको छ । किनकि यहाँ हाल गोर्खा स्मारकको मेघा प्रोजेक्टअन्तर्गत विविध काम धमाधम चलिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपालको इतिहासमा युद्धभूमिमा कैयौं वीरगोर्खाली शहीद भए । विश्वयुद्धदेखि विभिन्न देशका युद्धभूमिमा ज्यानको बाजी थापेर लडेकामध्ये ६० हजारभन्दा बढी वीर गोर्खालीको ज्यान गएको तथ्यांक छ ।


Advertisment
Nabil box
Kumari

वीरताका साथ लडेका उनीहरूको स्मृतिमा साल्मेडाँडामा गोर्खा समाधि बनाउन लागिएको छ । गोर्खाहरूको मोक्षको लागि निर्मित गोर्खा स्मारक वीर गोर्खालीको योगदानको स्मरण मात्र नभई भोलिका दिनमा यो प्रमुख पर्यटकीय क्षेत्रको सम्भावनाको केन्द्र हुनेछ । 

Vianet communication
Laxmi Bank

बहुवर्षीय योजनाअन्तर्गत गोर्खा समाधिसहित गोर्खा म्यूजियम, गोर्खा टावर, जातीय नमूना घर र छुकछुके रेल गरी ५ खण्डमा विभाजन गरिएको छ । हाल निर्माण अन्तिममा रहेको गोर्खा समाधिका लागि गोर्खा हेरिटेज बेलायतको पहलमा संकलित २६ करोड रुपैयाँ बढी खर्च भइसकेको गोर्खा स्मारक ट्रस्टले जनाएको छ ।

गोर्खा समाधिका लागि आवश्यक थप संरचना पूरा गर्न झण्डै १ करोड आवश्यक पर्ने गोर्खा स्मारक ट्रस्टका सहसचिव जंगबहादुर गुरुङ बताउँछन् । सबैतिरबाट सहयोग आए आगामी वर्षमा गोर्खा स्मारक उद्घाटन गर्ने निर्माण समितिको लक्ष्य छ ।

कसरी आयो अवधारणा ?

सन् १८१५ देखि हालसम्म ब्रिटिस नेपाल सम्बन्धको २ शताब्दीपछि गोर्खाका नाउँबाट नेपाली युवा विश्वका विभिन्न युद्धभूमिहरूमा गएर युद्ध लडेका छन् । प्रथम विश्वयुद्ध (सन् १९१४–१८), द्वितीय विश्वयुद्ध (सन् १९३९–४५) र अन्य क्षेत्रीय युद्धहरूमा गोर्खाहरूले भाग लिए । दुवै विश्वयुद्धमा गोर्खाहरू अफ्रिकन तथा युरोपियन युद्धमा समेत सामेल भएका थिए ।

ब्रिटिश अभिलेखअनुसार हालसम्म ६० हजारभन्दा बढी गोर्खाहरूले आफ्नो जीवनको आहुति दिएका छन् । विश्वका विभिन्न युद्धमा मारिएका, अंगभंग तथा घाइतेहरूको स्मरणमा उनीहरूको चिहान विभिन्न देशहरूमा बनाउने गरिन्छ तर गोर्खाहरूको नामबाट छुट्टै चिहान कहीँ पनि छैन । ब्रिटिश कमनवेल्थ वार कमिसनका अनुसार नेपाली युवा वा गोर्खाहरू भनेर कुनै छुट्टै चिहान विश्वमा कहीँ पनि छैन । गोर्खाहरूको नाम छ तर उनीहरूको नाम इन्डियन सेनाभित्र पारेर लेखिएको छ । त्यसैले साल्मेडाँडामा निर्माणधीन गोर्खा समाधि युद्धमा मारिएका गोर्खाहरूको मात्र हो । 

ब्रिटिश उपनिवेशको समयमा नेपाल भूमि यातायात र सञ्चारमाध्यमबाट उपेक्षित थियो । हजारौं गोर्खाहरू युद्धमा मारिँदा धेरैजसोको मरुवा चिठ्ठी नेपालमा पठाउँदा पनि कतिको नाम नमिलेर कतिको ठेगाना प्रस्ट नभएकाले उनीहरू लडाइँमा मारिए अथवा घाइते के भए थाहा हुन सकेन । भर्ती हुँदा अर्कै नाम लेखिएको वा नाम नमिलेकाले काजक्रिया हुन सकेन । धार्मिक संस्कार अनुसार उनीहरू स्वर्ग जान नसकेको र काँचो वायुको रूपमा विश्वका विभिन्न युद्धभूमिहरूमा उनीहरूको प्रेतआत्मा भौंतारिरहेको धार्मिक विश्वास गरिन्छ । यसैले सबै गोर्खाहरूको मोक्षको लागि गोर्खा समाधि निर्माण २०७० सालदेखि शुरूआत भएको हो ।

गेसोका संस्थापक अध्यक्ष पदमबहादुर गुरुङ र तत्कालीन महासचिव डा. चन्द्रबहादुर गुरुङको संयुक्त पहलमा साल्मेडाँडामा दिवंगत गोर्खाहरूको स्मृतिमा संयुक्त काजक्रिया भएको थियो । गोर्खा भर्तीमा समावेश भएका नेपालका २१ जातिको मोक्षको लागि आ–आफ्नो रीतिअनुरूप सामूहिक काजक्रिया गरिएको थियो । उक्त दिन हास्य कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गोर्खा समाधि शिलान्यास गरेका थिए । पदमबहादुरकै पालामा गेसोले नै गोर्खा स्मारक ट्रस्ट खोलेको हो । 

२०७६ सालदेखि नेतृत्वको जिम्मा जंगबहादुर गुरुङलाई सुम्पिएपछि नयाँ कार्यसमितिले बाँकी काम अगाडि बढाएको गोर्खा स्मारक ट्रस्टका महासचिव डा. चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

संरचना कति बने ?

कूल ३० रोपनी क्षेत्रफलमा फैलिएको गोर्खा समाधिका लागि आवश्यक संरचना अन्तिम चरणमा पुगेका छन् । समाधिस्थलसहित भिजिटर अफिस, अन्तर्राष्ट्रियस्तरको शौचालय, एम्पिथियटर, पानीको फोहोरा लागि आवश्यक संरचना निर्माण भएका छन् । तिनीहरूको फिनिसिङ मात्र छ भने गोर्खा स्मारक ट्रस्टको कार्यालय बनाउन बाँकी रहेको प्राविधिक सल्लाहकार इन्जिनीयर किसानसिंह गुरुङले जानकारी दिए ।

ट्रस्टको कार्यालय भवन निर्माणमा अनुमानित लागत १ करोड १४ लाख रहेकोमा प्रदेश सरकारले २० लाख दिएको छ । समाधि निर्माणपछि अर्को चरणको संरचना निर्माण हुँदै जाने उनले बताए । आवश्यक पानी लिफ्टिङ गरी तानिएको छ । 

हालसम्म २६ करोड खर्च

गोर्खा समाधिका लागि हालसम्म २६ करोड रुपैयाँ खर्च भइसकेको जनाइएको छ । निर्माण शुरूआतदेखि गेसो संस्थापक अध्यक्ष पदमबहादुर गुरुङको कार्यकाल सकिँदासम्म २० करोड रुपैयाँ खर्च भइसकेको थियो । गोर्खा भूपूहरूको प्रयासमा संकलित रकम भौतिक संरचना निर्माणमा खर्च गरिएको हो ।

आर्थिक वर्ष २०७४/०७५ मा शहरी विकास मन्त्रालयले ५ करोड रुपैयाँ दियो । गजेन्द्र निर्माण कन्स्ट्रक्सन प्रालिले निर्माण थालेकोमा सोको काम सम्पन्न भएको छ । साल्मे पधेंरो मुहानबाट पानी लिफ्टिङमा ९३ लाख रुपैयाँ खर्च भएको छ । त्यसमध्ये संघीय सरकारले २६ लाख, प्रदेश सरकारले ३५ लाख र बाँकी गोर्खा भूपूले संकलन गरेका थिए ।

गण्डकी प्रदेशका तत्कालीन पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्री विकास लम्सालले खानेपानी आयोजनाको उद्घाटन गरेका थिए । गोर्खा स्मारक ट्रस्टको कार्यालय भवन बनाउन गण्डकी प्रदेश सरकारले शुरूआतमा २० लाख दिएको छ । गोर्खा समाधिपछि गोर्खा म्युजियम, गोर्खा टावर, जातीय नमूना घर र छुकछुके रेलसम्मको महत्त्वाकांक्षा रहेकाले विभिन्न चरणमा गरी ९ अर्ब रुपैयाँ बढी खर्च हुने अनुमान छ । 

स्थानीय जनताबाट जग्गा उपलब्ध गराउने क्रममा तत्कालीन सांसद हितकाजी गुरुङको ठूलो योगदान निर्माण समितिले भुलेको छैन । नेपाल सरकारबाट रकम प्राप्त गर्ने क्रममा तत्कालीन सांसद तथा हाल गण्डकी विश्वविद्यालयका कूलपति प्रा.डा. गणेशमान गुरुङबाट पनि अतुलनीय सहयोग छ ।

पर्यटकीय महत्त्व 

गोर्खा समाधिको आफैंमा महत्त्व भइकन पनि देशीविदेशीका लागि पर्यटकीय महत्त्वको केन्द्र बन्न सक्ने सम्भावना छ । पोखराको दक्षिणी भेगमा पर्ने क्षेत्रबाट आगामी दिनमा रेलमा सयर गर्दै धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण लगायत हिमशृंखला एवं फेवातालसहित पोखरा बजारको दृश्यावलोकन गर्न सकिन्छ ।

पोखरा घुम्न आउने पर्यटकको १ दिन भए पनि बसाइँ अवधि लम्ब्याउन सकिन्छ । यहाँ पुगेपछि पोखरा तल पारेर हेर्न सकिने भएकाले शहर बजारको कोलाहलबाट केही क्षण भए पनि मुक्त हुँदा शान्त वातावरणमा रमाउन सकिन्छ ।

समाधिस्थल क्षेत्रमा ३०० जना क्षमताको जातीय अनुसन्धान केन्द्र भवन, अत्याधुनिक टावर, टेस्टुराँ समेत निर्माण गरिने योजना छ । सबै संरचना पूरा भएसँगै यसको माध्यमबाट आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन हुने भएकाले प्रदेश सरकारले पनि चासो देखाएको छ । गोर्खा समाधि उद्घाटनमा पहिलोपल्ट बेलायती प्रधानमन्त्रीलाई आमन्त्रण गर्ने तयारी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x