२६ जेठ २०८३, मंगलबार
एमाले विभाजन

माधवले केन्द्रीय कमिटीमा पुर्‍याए २० प्रतिशत, वामदेवपत्नीसहित ४ सांसदले हस्ताक्षर गर्न पाएनन्

माधवले केन्द्रीय कमिटीमा पुर्‍याए २० प्रतिशत, वामदेवपत्नीसहित ४ सांसदले हस्ताक्षर गर्न पाएनन्

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को पक्षमा २९ सांसदले गरेको हस्ताक्षर निर्वाचन आयोगले सनाखत गरेको छ ।

माधव नेपाल अध्यक्ष रहेको प्रस्तावित पार्टीको पक्षमा हस्ताक्षर गर्न संघीय संसद्को दुवै सदनका गारी ३३ जना सांसद निर्वाचन आयोग पुगे पनि ४ जनाको हस्ताक्षर सनाखत गर्न आयोगले अस्वीकार गरेको छ ।

दल दर्ताको निवेदन दिँदा हस्ताक्षर नभएका ४ सांसदले हस्ताक्षर गर्न नपाएका हुन् ।

प्रतिनिधि सभाका सांसदहरू सोमप्रसाद पाण्डे, तुलसा थापा र माया ज्ञवाली तथा राष्ट्रिय सभाकी सांसद शारदादेवी भट्टले माधव नेपालको पार्टीमा हस्ताक्षर गर्न खोजे पनि नपाएको केन्द्रीय सदस्य एवं सांसद मेटमणि चौधरीले जानकारी दिए । 

माधव नेपालको पक्षमा ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । 

नयाँ दलले मान्यता पाउनका लागि केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत पुग्नु पर्ने कानूनी बाध्यता छ । एमालेका २०३ सदस्य मध्ये ५५ जनाले हस्ताक्षर गरेका कारण माधव नेपालको पार्टीले मान्यता पाउने पक्का भएको छ । 

सोम प्रसाद पाण्डे, विक्रम शाही, रामपृत पासवान र राजन राईले केन्द्रीय सदस्यको रूपमा हस्ताक्षर गर्न पाएनन् । 

salt training

कमेन्ट गर्नुहोस्