
जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा एक हप्ताभित्रै सरकारमा सहभागी हुने दाबी गरेका छन् ।
तराई–मधेश र पहाडको प्रतिनिधित्व हुने गरी समावेशी आधारमा पार्टी सरकारमा जाने उनको भनाइ छ ।
जसपाले सातवटै प्रदेशमा आह्वान गरेको पार्टी सुदृढीकरण एवं जनजागरण अभियानअन्तर्गत बागमती प्रदेशलाई समेटेर बुधवार काठमाडौंमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
साथै उनले जसपा नयाँ विचार र एजेण्डासहितको वैकल्पिक शक्तिको उदीयमान भएको दाबी गरे ।