२६ जेठ २०८३, मंगलबार

दाँते ओखरको विरुवामा २५ हजार घुस खाएको आरोपमा कृषिका हाकिमविरुद्ध मुद्दा

दाँते ओखरको विरुवामा २५ हजार घुस खाएको आरोपमा कृषिका हाकिमविरुद्ध मुद्दा

दाँते ओखरको विरुवामा किसानलाई दिनुपर्ने अनुदान रकममा २५ हजार रुपैयाँ घुस खाएको आरोपमा पक्राउ परेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हश्मुल्लाह मुसलमानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले प्रेस विज्ञप्तिमार्फत मुद्दा दर्ता भएको जानकारी दिए ।

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हश्मुल्लाह मुसलमानले दाँते ओखरको बिरुवा उत्पादन गरेबापत कृषकलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नको लागि घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटी गएको टोलीले निज हश्मुल्लाह मुसलमानलाई २५,०००।– (पच्चीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानको सिलसिलामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन इकाई स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हश्मुल्लाह मुसलमानले अनुदानको रकम भुक्तानी गरिदिने भनी २५,०००।– घुस/रिसवत माग गरी लिने खाने बदनियतपूर्ण मनसाय राखी सेवाग्राहीसँग घुस/रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको स–प्रमाण पुष्टि हुन आएकोले निज हश्मुल्लाह मुसलमानलाई बिगो २५,०००।– (पच्चीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’ 

salt training

कमेन्ट गर्नुहोस्