फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
भदौ १२, २०७८
सूचना प्रविधिको विकासक्रमले विश्वभर ठूलो फड्को मारेको छ । आजको युग सूचना र सञ्चारको युग हो ।
परापूर्वकालमा परेवाको खुट्टामा चिठीपत्र बाँधेर सूचना ओसारपसार गरिन्थ्यो भन्ने जोकोहीले सुनेकै हुनुपर्छ । त्यो समयदेखि आजको दुनियाँसम्म आइपुग्दा सूचना तथा सञ्चारको प्रविधिमा अतुलनीय विकास भएको कुरालाई नकार्न सकिँदैन ।
वर्तमान युगमा सूचना प्रवाह गर्ने धेरै माध्यमको विकास भएको छ । आजको पुस्ता रेडियो, टेलिभिजन, अनलाइन पोर्टलहरूदेखि लिएर सामाजिक सञ्जालका विभिन्न माध्यमहरू जस्तैः फेसबूक, ट्विटर, यूट्युब, इन्स्टाग्राम लगायतका क्षेत्रको पहुँचमा वृद्धि हुँदै गएको छ । बालबालिकादेखि युवा हुँदै वृद्धावस्थाका आमाबुवामा समेत यसको प्रयोग बढ्दो छ ।
सन् २००५ मा अमेरिकाका आईटी इन्जिनीयरहरू जावेद कारिम, चाड हर्ले र स्टिव चेनको संयुक्त पहलमा यूट्युब च्यानलको शुरूवात भएको पाइन्छ । संस्थापक मध्येका स्टिव चेनको अपार्टमेन्टमा भएको डिनर पार्टीको भिडियो प्रचारको लागि कठिनाइ भएपछि उनीहरूको संयुक्त प्रयासमा यूट्युबको जन्म भएको भन्ने बुझिन्छ ।
आजको विषय यूट्युब मिडिया र यसले समाजमा फैलाइरहेको विकृतिसँग सम्बन्धित छ । जसले पारिवारिक सम्बन्ध सकिदिनेदेखि प्रहरी अनुसन्धानमा रहेको घटनामा समेत भाँजो हाल्ने काम गरिरहेका छन् ।
नेपालमा सबैभन्दा बढी प्रयोग गरिने सोसल मिडिया भनेको फेसबूक र यूट्युब नै हुन् । यूट्युब च्यानललाई अहिले नाम र दाम कमाउने माध्यम बनाउनेको संख्या ठूलो छ । जसका कारण समाजमा धेरै खालका विकृति पैदा भइरहेका छन् । अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ शब्द बढी प्रचलनमा छ । यहीँ भाइरल बन्ने र बनाउनेको होडमा यूट्युबरले व्यक्तिगत सम्बन्धदेखि परिवार र सामाजिक सम्बन्धलाई बिगार्दै आएका छन् ।
पैसा कमाउने नाममा कसैको परिवारमा घुसेर व्यक्तिगत सम्बन्ध, दुःख, मृत्यु, घृणा र प्रहरीको अनुसन्धानलगायत विषयलाई लक्षित गरी भिडियो बनाएर हदैसम्मको हर्कत गर्ने यूट्युब च्यानल र यूट्युबरहरू मौलाउँदो रूपमा छन् ।
कोही समाज परिर्वतनका लागि भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न विभिन्न सरकारी निकायको गतिविधि बाहिर ल्याएर यूट्युबमार्फत सकारात्मक सूचना प्रवाह गर्ने पनि छन् तर सकारात्मकभन्दा नकारात्मक विषयलाई उठान गरी समाजमा विकृति फैलाउने, व्यक्तिगत सम्बन्ध सिध्याउने, सम्बन्धमा फाटो ल्याइदिने यूट्युबरको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यसलाई समयमै कानूनी दायराभित्र ल्याएर कसी नलगाउने हो भने यसले समाजमा ठूलो विनाश गर्नेवाला छ, गरिरहेको छ ।
कुनै मिडियासँग आवद्ध नभई यूट्युब च्यानलाई आधार बनाएर पत्रकारको नक्कली खोल ओढेर समाजलाई दूषित बनाउने यूट्युबरले परिवारभित्रको घटनामा हस्तक्षेप गर्दै पतिपत्नीको सम्बन्धमा फाटो ल्याउने गरेको यूट्युब च्यानलमा छ्याप्छ्याप्ती भेटिन्छन् । व्यक्तिगत घटनालाई क्यामेरामा कैद गरेर तत्काल एउटाको पक्ष लिई दोषी करार गरी यूट्युबर आफैंले मानिसिक यातना दिनेसम्मका हर्कत गर्ने गरेका छन् ।
हाम्रो देश विकासोन्मुख मुलुकहरू मध्येको एक हो । यहाँका धेरै परिवारमा गरीबी छ । देशमा रोजगारीको उचित व्यवस्था नहुँदा धेरै नेपालीहरू वैदेशिक रोजगारीको सिलसिलामा विदेशिनुपरेको छ । मलेसिया, कतार, साउदी अरब लगायतका धेरै खाडी मुलुकमा आफ्नो श्रम बेच्ने धेरै नेपाली छन् । यी यस्तै परिवारका सदस्यलाई यूट्युबरले निशाना बनाउने गरेका छन् ।
यस्तो हर्कतले वैदेशिक रोजगारीको लागि विदेशमा रहेका नेपालीमा कस्तो खालको मनोवैज्ञानिक असर पुग्ला ? यसले कस्ता घटना निम्त्याउला ? यसबाट हुने पारिवारिक र मानसिक द्वन्द्वको जिम्मा कसले लिने ? यी यस्ता प्रश्नका जवाफ सहजै भेटिँदैनन् । यस्ता अतिरञ्जित गतिविधि रोक्न यूट्युबलाई तत्काल नियमन गर्नुपर्छ ।
केही दिनअघि झापाको बिर्तामोडको एक होटलमा महिलाले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ यूट्युबर र २ टिकटकरलाई प्रहरीले पक्राउ गरेको थियो । १ पुरुष र २ महिलाले खाजा खाइरहेका बेला भिडियो खिचेर अनैतिक सम्बन्ध भन्दै यूट्युब र टिकटकमा अपलोड गरेर प्रचार गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।
यो घटना एउटा उदाहण मात्रै हो । यूट्युबरले परिवार र समाजमा अश्लिल प्रचार गर्ने, भ्रम पैदा गर्ने, चरित्र हत्या गर्ने, मानसिक यातना दिने, कुनै घटना विशेषमा प्रहरीको अनुसन्धान पहिले नै दोषी करार गरिदिने जस्ता गतिविधि निकै बढेको छ । यस्ता अशोभनीय र गलत हर्कतले हाम्रो समाज कहाँ पुग्ला ? यो निकै चिन्ताको विषय बनेको छ ।
यूट्युबमा सन्तोष देउजा र भोजराज थापा प्रवृत्तिका कारण समाज त्रसित बनेको छ । यिनीहरू यूट्युब न्यायालय र आफू न्यायाधीश जस्तो व्यवहार गरी पीडितको गोपनीयताको कुनै पर्वाह नगरी सिधैं दोषी करार गरिदिन्छन् । दम्पतीको घर झगडा, साथीभाइसँग खाजा खाएको, साथीसँगै बसेको, प्रहरीले अनुसन्धान गरिरहेको विषयमा समेत प्रवेश गरेर घटनालाई थप उकास्दै द्वन्द्व सिर्जना गरी भ्यूज बढाएर पैसा कमाउने यस्ता गलत प्रवृत्तिलाई कानूनी दायरामा ल्याउन ढिला गर्नु हुँदैन । अन्यथा यस्ता गतिविधिले व्यक्तिगत सम्बन्ध, दाम्पत्य जीवन र समाजलाई तहसनहस पार्ने पक्कापक्की छ ।
यति मात्रै होइन, प्रहरीले अनुसन्धान थालेको घटनामा पनि यूट्युबरले बारम्बार बाधा पुग्ने गरी गलत सूचना फैलाउने गरेका छन् । एउटी युवतीको मृत्यु हुने बित्तिकै बलात्कारपछि हत्या र सम्पर्कविहीन हुने बित्तिकै अपहरणको बिल्ला भिराउने यूट्युबरका कारण घटनाको अनुसन्धानमा पटक–पटक बाधा पुग्ने गरेको छ ।
पछिल्लो समय वास्तविकता खोज्ने र अनुसन्धानमा सहयोग गर्नेभन्दा पपुलर बन्न र भ्यूज कमाउन घटना मोड्ने, भीडलाई उत्तेजित बनाउनेतर्फमा यूट्युबरको भूमिका देखिन्छ । अदालतमा चलिरहेको मुद्दामा समेत नकारात्मक प्रभाव पर्ने गरी भिडियो बनाउने र अपलोड गरी त्यसलाई समाजमा भ्रम छर्ने गतिविधि यूट्युबरको धन्दा बनेको छ ।
कुनै दबाब र प्रभाव विना अदालत र नेपाल प्रहरीलाई निष्पक्ष अनुसन्धानमा सहयोग गर्नुभन्दा सामाजिक सद्भाव भड्काउने खालका गतिविधि यूट्युबमा व्याप्त छन् । केही घटनाको अनुसन्धानको परिणाम तुरुन्तै नहुन पनि सक्छ । कयौं वर्षदेखिका पुराना घटनाहरू प्रहरीले सुल्झाएको इतिहास पनि छ तर मनगणन्ते हिसाबले यूट्युबरहरू समाजमा गलत सूचनाको भ्रम छर्न उद्दत छन् ।
आचारसंहितामा ‘पत्रकार तथा सञ्चारमाध्यमले व्यक्तिको गोपनीयताको हकको सम्मान गर्नुपर्दछ भनेको छ । पत्रकारको खोल ओढ्ने तर पत्रकारिताको मर्म नबुझ्ने यूट्युबरले न आचारसंहिता मान्छन्, न पीडितको गोपनीयताको नै ख्याल गर्छन् । आफूलाई पत्रकार बताउने यूट्युबरलाई आचारसंहितामा के उल्लेख छ भन्नेसम्म थाहा छैन । पत्रकार तथा सञ्चारमाध्यमले समाजमा घृणा, आत्महत्या, बलात्कार, दुर्घटना, हिंसा, निराशा, सन्त्रास र उत्तेजना फैलाउने लगायतका किसिमका दृश्य एवं तस्वीर सम्प्रेषण गर्नुहुँदैन भनेको भए पनि यूट्युबरले यसको वास्ता गर्दैनन् ।
विकृति फैलाउने भिडियोले समाजमा नकारात्मक असर पुग्ने गरेको यूट्युबरलाई जानकारी नभएको भने होइन । पैसा कमाउने लोभमा त्यस्ता भिडियो अपलोड गर्न छाडेका छैनन् । मनोकल्पना र भ्रामक खबर सम्प्रेषण गर्ने यूट्युबरलाई कारबाही र यूट्युब च्यानलको प्रकाशन तथा प्रसारण तुरुन्तै बन्द गर्नुपर्छ ।
पत्रकारिताको नाममा यूट्युबमा विकृति फैलिरहेको भन्दै अनलाइन टीभी पत्रकार संघले गलत सामग्री प्रसारण गर्नेलाई कारबाही गर्न प्रेस काउन्सिल नेपाललाई ध्यानाकर्षण नगराएको होइन तर यसको सुनुवाइ भएको पाइँदैन । यिनीहरूलाई कारबाहीको दायरामा ल्याउन छिटोभन्दा छिटो कानून बनाएर गलत कामलाई निरूत्साहित गरिहाल्नुपर्छ । नत्र यस्ता यूट्युबरले समाजमा झन् आतंक सिर्जना गर्दछन् ।
यस्ता गतिविधि रोक्न सरकारले उचित कानून निर्माण गरी तत्काल विकृति पैmलाउने भिडियोहरूमाथि नियन्त्रण नगर्ने हो भने यसले विकराल रूप लिनसक्छ । त्यसैले यूट्युबमा हुने विकृति रोक्न तथा यसको नियमनको लागि राज्यले तत्काल पहलकदमी लिनुपर्छ ।
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...