मंसिर १०, २०८०
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो । बैंकले ...
भदौ १२, २०७८
नेप्से परिसूचक आज यति अंकले बढ्यो, घट्यो ! शेयर बजारमा हरियाली, राताम्मे ! यस्ता समाचार हरेक दिन सुनिरहन्थे उनले । नेप्से भन्ने के रहेछ भन्ने उनलाई विद्यालय तहबाटै जिज्ञासा र उत्सुकता थियो तर पढाइप्रति बढी ध्यान हुँदा शेयर/नेप्से बुझ्नतिर लागेनन् । पढाइमा ध्यान दिए ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–८ प्रदीपनगरका दृष्टिविहीन मुकुन्द चालिसेले २०६३ सालमा पूर्वाञ्चल ज्ञानकक्ष विद्यालय सुनसरी धरानबाट ८ कक्षा पास गरे । जहाँ दृष्टिविहीन विद्यार्थीहरू मात्र पढ्थे ।
९ कक्षा पढ्न २०६१ सालमा आफ्नै गृहनगरको तिलोत्तमाको शान्ति नमूना माविमा भर्ना भएका उनले २०६३ सालमा एसएलसी परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरे ।
उच्च शिक्षा अध्ययन गर्न उनी पोखरा गए । पृथ्वीनारायण क्याम्पसमा शिक्षाशास्त्र संकायतर्फ नेपाली विषय लिएर प्रविणता प्रमाणपत्र तह (आईएड) पढ्न थाले । क्याम्पसको छात्रावासमा मुकुन्दसँगै बसेर पढ्ने साथी शोभाखर ढकाल पढाइसँगै बैंकका जागिरे पनि थिए ।
कन्ट्री डेभलपमेन्ट बैंकको प्राथमिक शेयर (आईपीओ) निष्कासन भएको साथीले थाहा पाएका रहेछन् । आईपीओको लागि फर्म भर्न शोभाखरले काम गर्ने बैंक तोकिएको थियो । त्यो बेला अहिलेजस्तै मोबाइलबाटै मेरो शेयरमार्फत आईपीओ भर्न मिल्ने सहज व्यवस्था थिएन । बैंकमा गएर लामो लाइनमा लागेर फर्म भर्नुपर्थ्यो ।
सानैदेखि शेयर बजारप्रति चासो राख्दै आएका चालिसेलाई साथीले शेयर भर्नुपर्छ भनेपछि उनी पनि १०० कित्ता शेयर भर्न साथीसँगै बैंकमा गए । १० हजार रुपैयाँ लगानी गरेर आफ्नो चासोको क्षेत्र शेयर बजारमा उनले पहिलो पाइला चाले ।
त्यसपछि उनले शेयर बजार के हो, कसरी प्रवेश गर्नेदेखि लगानीबारे सोधखोज र समाचार बुझ्दै गए । अध्ययन गर्न थाले । त्यससँगै दोस्रो बजार (सेकेन्डरी मार्केट) बारे बुझे ।
नेपाल टेलिकमले राम्रो बोनस दिन्छ । कम्पनी राम्रो छ भन्ने सुनेपछि उनले टेलिकमको ४१८ रुपैयाँ प्रतिकित्ताका दर १०० कित्ता शेयर उठाएर सेकेन्डरी मार्केटमा प्रवेश गरे । २०६७ सालमा शेयर बजारमा प्रवेश गरेको सामान्य परिवारका दृष्टिविहीन ३२ वर्षीय मुकुन्दको शेयरमा अहिले ‘पोर्टफोलियो’ १ करोड रुपैयाँभन्दा बढी छ । अहिले उनी बुटवल क्षेत्रका शेयर बजारका लगानीकर्ताभित्र ‘टप’मध्ये एक भएका छन् । शेयर बजारलाई बुझेर लाग्नेका लागि मुकुन्द प्रेरणाका स्रोत बनेका छन् ।
कन्ट्री बैंकको शेयरपछि निष्कासन भएका सबै हाइड्रो, बैंक, लघुवित्त, ऊर्जा लगायत क्षेत्रका संस्थाहरूमा आईपीओ भर्दै गए मुकुन्दले । बुवाले पढाइ खर्चको लागि दिएको पैसा बचाएर शेयरमा लगानी गर्थे । दोस्रो बजारमा प्रवेश गरेर किनेको टेलिकमको शेयर ४१८ रुपैयाँमा किनेर केही महिनापछि घाटा खाएर ४०८ रुपैयाँमा बिक्री गरे उनले ।
तर उनले शेयर बजारमा किनबेच गर्न छाडेनन् । उनलाई घरबाट पनि साथ रह्यो । उनले अहिले शेयर बजारमा उज्ज्वल भविष्य देखेका छन् ।
‘म यसैमा सन्तुष्ट छु । शेयर बजार भनेको स्वच्छ कारोबार हो । जहाँ राज्यलाई कर तिरेर खरिदबिक्री गरिन्छ । शेयरमा लागेपछि खासै गुमाउनुपरेको छैन,’ उनले भने ।
उनी नेपाल पुँजीबजार लगानीकर्ता संघ रूपन्देहीका संयोजक पनि हुन् । ‘मैले घरमै बसीबसी शेयरबाटै ३५ लाख रुपैयाँभन्दा बढी कमाइ गरिसके । अहिले पनि मेरो शेयरमा १ करोडभन्दा बढीको ‘पोर्टफोलियो’ पुगिसकेको छ । किन्ने बच्ने क्रम जारी छ । बुझेर/जानेर शेयरमा लाग्दा राम्रो छ,’ मुकुन्द भन्छन् ।
शेयर बजारमा सानो पुँजी लगानी गरेर पनि प्रवेश गर्न सकिन्छ । थोरै पुँजीबाट लगानी गर्न सकिने भएकाले सबै उमेरका लागि लाभदायक छ । अझ युवामा जान्ने इच्छा, जाँगर तथा उमेरको हिसाबले पनि युवा लगानीकर्ता शेयर बजारमा आउनु राम्रो हुने चालिसे बताउँछन् ।
नेपाल स्टक एक्सचेञ्जको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टीएमएस) अपाङ्गमैत्री नभएका कारणले अफलाइन कारोबार गर्छन् । अनलाइन कारोबार गर्न टीएमएसमा कोल्याट्रल लोड गर्न र अन्य फिचरहरू चलाउन समस्या हुने गरेको मुकुन्द बताउँछन् ।
उनी आईपीओ भने आफैं भर्न सक्छन । शुरूशुरूमा न्युजहरू सुनेर कम्पनीबारे जानकारी प्राप्त गर्ने चालिसे अहिले प्रविधिको विकास भएसँगै आएका विभिन्न मोबाइल एप्लिकेसनको सहयोगमा सूचीकृत कम्पनीहरूको आधारभूत विश्लेषण गर्छन् । प्राविधिक विश्लेषण गर्न आफूलाई सम्भव नभए पनि प्रविधिको सहयोगले कम्पनीको आधारभूत अध्ययन गर्न पाउँदा मक्ख छन् । राम्रोसँग विश्लेषण गरेर लगानी गर्ने हो भने शेयर बजारबाट आत्मनिर्भर हुनसक्ने अवस्था रहेको चालिसेको विश्वास छ ।
‘शेयर बजारमा छिर्न चाहने नयाँ लगानीकर्ताले कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणको राम्रो अध्ययन गर्नु जरूरी हुन्छ । प्रतिशेयर आम्दामी, रिजर्भ, पीई रेसियो लगायत आधारको अध्ययन गर्नु आवश्यक हुन्छ,’ उनले भने, ‘शेयर बजारमा लगानी गर्नुपूर्व धैर्यताको विकास गर्नु जरुरी हुन्छ । यसरी धैर्यतालाई आत्मसाथ गर्न नसक्ने लगानीकर्ता बढी आत्तिने गर्छन् । आफूले हालेको कम्पनीमा होल्ड गर्न सक्नुपर्छ । पोर्टफोलियो बनाएर कारोबार गर्ने गर्नुपर्छ ।’ मुकुन्दले शेयर बजारमा १० वर्षे अनुभव लिइसकेका छन् ।
चालिसे परिवारका जेठा छोरा हुन् । मुकुन्दले अहिले आमा, पत्नी, छोराछोरी र २ भाइको पनि आईपीओ गराउने गरेका छन् । ‘आईपीओ सबैले भर्छन् । शेयरको दोस्रो बजारमा म मात्रै छु । भाइलाई पनि यसैमा सिकाउँदैछु,’ उनले भने ।
स्नातक उत्तीर्ण उनी शिक्षक सेवा आयोगका केही परीक्षामा पनि सहभागी भए तर उनले अब शेयर बजारलाई छाड्दैनन् । विभिन्न कठिनाइलाई चिर्दै व्यावसायिक जीवनमा प्रवेश गर्दाका असंख्य भोगाइहरू छन् उनीसँग । अपाङ्गमैत्री हुन नसकेको बजार प्रणालीमा शेयर खरिद–बिक्री गर्नका लागि धेरै झन्झट व्यहोर्नुपरेको नमिठा कठिनाइ चालिसेसँग छन् तर अहिले उनले भौतिक रूपमा आँखाले नदेखे पनि केहीमा कमजोर छैनन् ।
‘म दृष्टिविहीन भएर दुःखी पनि छैन, कमजोर पनि छैन,’ चालिसे भन्छन् । उतिबेला आईपीओ खरिद गर्ने स्थानसम्मको लामो यात्रा, घण्टौ बस्नुपर्ने लाइन, फारम भर्नुपर्ने चुनौती र फारममा हस्ताक्षर गर्नेले मात्र आईपीओ खरिद गर्न पाउँछ भन्ने जस्ता नमिठा व्यवहारबाट आहत भएका अनुभवहरू मुकुन्दले संगालेका छन् ।
आईपीओमा आवेदन गर्नबाटै वञ्चित भएको अवस्थालाई चिर्दै अहिलेको अवस्थासम्म आइपुग्दा विजयको अनुभव गर्छन् चालिसे । दोस्रो बजारमा कारोबार गरी राफसाफ गर्न हस्ताक्षर प्रमाणित गर्नुपर्ने व्यवस्थाले ल्याप्चेमार्फत कारोबार गर्ने लगानीकर्ता काठमाडौ नै धाउनुपर्ने बाध्यताले पनि हतोत्साही पारेको थियो उनलाई ।
‘शेयर बजारमा एकैदिनमा धेरै कारोबार गर्न तम्सिनुहुन्न । एकैचोटी झ्याप्पै धनी हुने चाहना गर्यो भने शेयर बजारमा पैसा फस्ने तथा डुब्ने खतरा बढी हुन्छ,’ उनले भने, ‘पुँजीबजारमा नबुझी प्रवेश गर्ने ९० प्रतिशत व्यक्ति असफल र १० प्रतिशत मात्र ‘सक्सेस’ रहेका छन् ।’ उनले आफूलाई १० प्रतिशतभित्र पार्न सफल भएका छन् ।
‘थोरै पैसाबाट लगानी गर्ने र बिस्तारै अरु पैसा पनि चलाउने गर्नुपर्छ । शेयर किन्दा विभिन्न कम्पनीमा पैसा हाल्नु उचित हुन्छ । एउटै कम्पनीमा धेरै रकम लगानी गर्नु राम्रो होइन,’ उनले भने । अहिले शेयर बजारमा धेरै मानिसहरू नबुझिकन प्रवेश गरेको उनको ठम्याइ छ ।
अहिले मुकुन्द दृष्टिविहीनलाई पनि शेयर बजारमा प्रवेश गराउन पहुँच अभिवृद्धिमा जुटेका छन् । अहिले पूर्ण दृष्टिविहीन ६० जनाभन्दा बढी शेयर बजारमा प्रवेश गरिसकेका उनी बताउँछन् । शेयर बजारमा भएका विकृतिलाई नियमन गरेर स्वच्छ बनाउनुपर्ने उनको भनाइ छ ।
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो । बैंकले ...
नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा १५० जनाले ...
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...