२६ जेठ २०८३, मंगलबार

जसपाको लुम्बिनी प्रदेशस्तरीय अभिमुखीकरण आज  भैरहवामा, उपेन्द्र यादव लगायतले सम्बोधन गर्ने

जसपाको लुम्बिनी प्रदेशस्तरीय अभिमुखीकरण आज  भैरहवामा, उपेन्द्र यादव लगायतले सम्बोधन गर्ने

जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम आज आइतबार रुपन्देहीको भैरहवामा हुने भएको छ ।

मध्यान्ह १२ बजेदेखि हुने अभिमुखीकरण कार्यक्रमलाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई,नेताहरु महेन्द्र राय यादव र अमृता अग्रहरीले सम्बोधन गर्ने छन् । 

कार्यक्रममा पार्टीको लुम्बिनी प्रदेश समिति, संघीय परिषद,केन्द्रीय समिति,तिनै तहका जनप्रतिनिधि,जनवर्गीय संगठनका पदाधिकारी र सदस्य लगायतको उपस्थिति रहने पार्टीका प्रदेश अध्यक्ष अशोक यादवले बताए । 

पार्टीबाट निष्कासित महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरुले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि  जसपाले पार्टी विभाजन हुनुको कारण प्रष्ट पार्न र संगठन सुदृढिकरण, अन्य दलबाट पार्टी प्रवेश गराउनका लागि सातवटै प्रदेशमा प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको  जसपा लुम्बिनीका मुख्य सचिव यज्ञ पोखरेलले बताए ।

salt training

कमेन्ट गर्नुहोस्