२६ जेठ २०८३, मंगलबार

बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए पदबाट राजीनामा

बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री खनालले दिए पदबाट राजीनामा

बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा लागेका छन् ।

उनले मंगलवार विहान पदबाट राजीनामा  दिएका हुन् । 

अलग पार्टीमा लागेकाले मन्त्री बनिरहन उपयुक्त नलागेको भन्दै पदबाट राजीनामा दिएको खनालले लोकान्तरलाई बताए ।

उनले मंगलवार मात्रै माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका थिए ।  

अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री भएपछि उनलाई सामाजिक विकास मन्त्री नियुक्त गरिएकाे थियाे ।

 उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्