२६ जेठ २०८३, मंगलबार

स्वयम्भूको ‘स्मार्ट ट्वाइलेट’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट ५ मा पर्न सफल

स्वयम्भूको ‘स्मार्ट ट्वाइलेट’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट ५ मा पर्न सफल
फाइल फोटो

विश्व सम्पदा क्षेत्र स्वयम्भूमा अवस्थित ‘स्मार्ट ट्वाइलेट’ एक अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको उत्कृष्ट ५ मा परेको छ । 

स्वीडेनमा भएको विश्व पानी महोत्सवका अवसरमा सफाइ विधामा नेपालको सार्वजनिक शौचालय उत्कृष्ट ५ मा पर्न सफल भएको हो ।

‘सीबी वर्ड वाटर विक’ नाम दिइएको महोत्सवमा ‘सरफाती स्यानिटेसन च्यालेन्ज’ सत्र सञ्चालन भएको थियो ।

सत्रमा विश्वभरबाट निवेदन दिइएका ८० सरसफाइ संस्थामध्येबाट १० वटा छानिएको थियो, अगस्त ३१ उत्कृष्ट ५ मा पर्न सफल भएको छ । जसमा सफाइ अभियन्ता प्रकाश अमात्यको अवधारणामा बनेको स्मार्ट ट्वाइलेट पनि परेको हो ।

अमात्यले भने, ‘यो एउटा गर्वको विषय हो । सार्वजनिक शौचालय पनि अन्तर्राष्ट्रिय चासोको विषय बन्नु त्यो पनि मेड ईन नेपाल ।’ 

सरसफाइमा रचनात्मक तरिका अपनाउनेलाई प्रोत्साहन गर्न स्पर्धाका रूपमा छनोट गरिएको छ ।

अतिरिक्त आम्दानी, खेर गएको मलमूत्र सदुपयोग (बायोग्यास), पसल सञ्चालन, महिला मैत्री डिजाइन र सफाइपूरक कार्यक्रम चलाएर स्मार्ट ट्वाइलेटले नवीन काम गरेकाले २०२१ मेमा ग्लोबल इनोभेसन च्यालेन्जमा उत्कृष्टको अवार्ड पाएको थियो । 

राष्ट्रसंघीय निकाय ‘युनाइटेड नेसन्स साइन्स, टेक्नोलोजी एन्ड इनोभेसन (यूएनएसटी) ले विश्वका ३० देशका १ हजार सार्वजनिक शौचालयको समीक्षा गरेर नेपालको शौचालयलाई उत्कृष्ट ठहर गरेको थियो ।

युवा महिलाको बाहुल्य हुने गरी स्वावलम्बन सफाइकर्मी सहकारी संस्थाले यसको नेतृत्व लिएको छ । स्वयम्भू चक्रपथ छेउकै बुद्धपार्कबाट पूर्वतिरबाट आनन्दकुटी विहार जाने बाटोको दायाँतिर शौचालय छ ।

शौचालय प्रयोगमा आएको ८ महिना भएको छ । दिसापिसाब ढलमा नपठाई बायोग्यास डाइजेस्टरमार्फत ग्यास उत्पादन गरिएको छ । करीब १० घनमिटरको बायोग्यास डाइजेस्टरबाट महिनामा २ सिलिन्डर ग्यास उत्पादन भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्