×

NMB BANK
NIC ASIA

भारतीय नागरिकको हत्या प्रकरण

सुल्झिन नसकेको सानेपा हत्या प्रकरणः 'रअ कनेक्सन'देखि लिभिङ टुगेदरसम्म अनुसन्धान, प्रगति शून्य !

भदौ १७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

ललितपुरको सानेपामा भारतीय नागरिक सत्यनारायण तारिकको हत्याको अनुसन्धान नयाँ पाटोबाट गर्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । 

Muktinath Bank

महानगरीय अपराध महाशाखाको टोली र महानगरीय प्रहरी परिसर ललिपुरको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तारिकले प्रयोग गर्ने मोबाइल नेपाल प्रहरीको फरेन्सिक ल्याबमा परीक्षण गर्दा पनि केही क्लु पत्ता लागेको छैन ।


Advertisment
Nabil box
Kumari

‘हामीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं, तर अपराधी ठ्याक्कै पत्ता लागेको अवस्था छैन,’ महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) किरण बज्राचार्यले भनिन्, ‘हामी र अपराध महाशाखाको टोली लागिराखेका छौं ।’

Vianet communication
Laxmi Bank

अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले पनि घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको  बताए । 

‘अहिले भन्दा प्रगति शून्यमा नै छ । हामीले विभिन्न पाटोबाट अनुसन्धान गरिरहेका छौं,’ एसएसपी खापुङले लोकान्तरसँग भने ।

प्रहरीले लामो समयदेखि एक्लै बस्दै आएका तारिक भारतीय खुफिया एजेन्सी रअसँग सम्बन्धित हुन् कि भन्ने आशंका गर्दै त्यस पाटोबाट पनि अनुसन्धान गरेको थियो, तर कुनै कनेक्सन देखिएको थिएन । 

‘हामीले कसैसँग सम्पर्क नभएको देख्दा भारतीय रअलगायतका खुफिया एजेन्सीसँगको सम्बन्धको पाटो पनि हेर्‍यौं, तर देखिएन,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने । 

प्रहरीले शंकाको दायरामा परेका एक व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो, तर उनीबाट पनि केही प्रमाण फेला पार्न सकेको थिएन । 

उनको मोबाइलमा भएका फोन नम्बरको अनुसन्धान गर्दा पनि तारिकले गर्ने पेसासँग सम्बन्धितभन्दा अन्य कुनै पनि कनेक्सन नदेखिएको परिसरकी प्रमुख एसएसपी बज्राचार्यले बताइन् । 

‘उनको मोबाइलमा पनि व्यावसायिक भन्दा अन्य कसैसँग सम्बन्ध देखिँदैन,’ एसएसपी बज्राचार्यले भनिन्, ‘उनकोमा काम गर्ने महिलाहरूसँग पनि अस्वाभाविक फोन सम्पर्क देखिएको छैन ।’

अपराध महाशाखाले उनको मोबाइलमा भएको रुद्राक्षको मालाको तस्वीरलाई आधार मानेर रुद्राक्षको कारोवारसँग कुनैसँग सम्बन्ध छ कि भन्ने पाटोमा पनि अनुसन्धान गर्‍यो ।

त्यसक्रममा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो तर पनि उनीहरूसँग त्यस्तो कुनै सम्बन्ध नदेखिएकाले छाडेको स्रोतले लोकान्तरलाई बतायो ।

प्रहरीले उनको घरमा कसरी चोरी भयो भन्ने विषयमा पनि अनुसन्धान गरेको थियो ।

त्यसका लागि महाशाखाको टोलीले पछाडिबाट छिरेको अवस्थालाई अनुसन्धान गर्न स्टिलको भर्‍याङ समेत प्रयोग गरेको थियो ।

४० वर्षीया कामदार महिला शंकाको घेरामा !

प्रहरीले तारिकको घरमा बिहानमा खाना पकाउने ४० वर्षीया महिलालाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको छ ।

‘ती महिलाको बाहिरी २ जना युवकसँग सम्बन्ध देखिएको छ, त्यसले गर्दा पनि उनी कहीँ न कहीँ जोडिएको जस्तो देखिन्छ,’ अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले भने, ‘उनको मोबाइल फोनलाई सुक्ष्म तरिकाले अनुसन्धान गरेका थियौं ।’

सानेपाको घरमा एक्लै बस्दै आएका तारिकसँग ती महिला लामोसमय लिभिङ टुगेदरमा समेत बसेको अनुसन्धानमा खुलेको छ ।

कोरोना भाइरसको संक्रमण भएपछि उनले बेलुका खाना पकाउन अन्दाजी २० वर्षीया युवतीलाई राखेपछि ती महिला अन्यत्र बस्दै आएकी थिइन् । 

असार २० गते ललितपुर महानगरपालिका–२ सानेपामा कृष्ण मन्दिरनजिकै एक घरमा भारतीय नागरिक ५९ वर्षीय सत्यनाराण तारिक मृत अवस्थामा फेला परेका थिए । 

उनको बेड रूममा भएको दराज र माथिल्लो कोठाको अर्को बेड रूममा रहेको स्टिलको दराज ह्याम्मरले हानेर फुटाएको अवस्थामा पाइएको थियो । 

सिँगो घर लिएर बसेका सत्यनारायणको मेन गेट (च्यानल गेट) बन्द थियो भने दोस्रो तल्लाको झ्यालको तार च्यातेर हत्यारा भित्र पसेको क्राइम सिनमा देखिएको थियो । झ्यालबाट छिरेको पाइलाको डाम समेत देखिएको थियो । 

हत्यारा र तारिकबीचमा  संघर्ष हुँदा ह्याम्मरले टाउकोमा पटक–पटक प्रहार गरी हत्या गरेको प्रहरीको निष्कर्ष छ ।

प्रहरी घटनास्थलमा पुग्दा पुरानो घरको दोस्रो तल्लाको बेड रूमको खुट्टे पलङमा घोप्टो परेको र रातो ब्ल्याङकेटले छोपेको अवस्थामा शव थियो भने बेड रगताम्मे अवस्थामा थियो ।

प्रहरी घटनास्थलमा पुग्दा टिभी चलिरहेको थियो भने बत्ती बलिरहेको थियो ।  

 

न्यूरोडको एक कम्युटर कम्पनीमा सेल्सम्यानको काम गर्दै आएका उनी विगत २ वर्षदेखि उक्त कम्पनीमा कार्यरत थिए भने १० वर्षदेखि सानेपाको घरमा बस्दै आएको खुलेको छ । 

भारतको राजस्थान घर भएका सत्यनाराणकी श्रीमतीको ८ वर्षअगाडि मुत्यु भएको अनुसन्धानमा खुलेको छ । 

हत्या भएको एक वर्ष अगाडि कामकै क्रममा तारकेश्वर नगरपालिकाको जरङ्खुमा बाइक स्लिप भएर दुर्घटना हुँदा दायाँ खुट्टा भाँचिएको थियो ।

उनले त्यसयता कोठाबाटै फोनको माध्यमले काम आएका थिए । उनले मासिक ६५ हजार रुपैयाँ तलब खाँदै आएका थिए ।

कसरी थाहा पायो प्रहरीले ?

सत्यनारायणले बिहान र बेलुका खाना पकाउने गरी दुई छुट्टाछुट्टै महिला राखेका थिए । बिहान खाना पकाउने काम ४० वर्षीया महिला र साँझमा खाना पकाउने काम अन्दाजी २० वर्षीया युवतीले गर्दै आएका थिए ।

प्रहरीका अनुसार शुक्रवार बेलुका ८ः३० मा सत्यनारायण र ४० वर्षे महिलाको केही समय फोनमा कुराकानी भएको देखिएको छ । 

ती महिलाले प्रहरीलाई भोलि (असार १९ गते) शनिवार भएकाले बिहानमा खाना पकाउन आउँदिनँ भन्नका लागि उनलाई फोन गरेको बयान दिएकी छन् । 

प्रहरीलाई उनले दिएको बयान अनुसार उनी असार १९ बेलुका खाना पकाउन आइन्, तर भित्रबाट च्यानल गेट लगाइएको थियो । तर बत्ती बलेकै अवस्थामा थियो । फोन गर्दा उठेन । 

भोलिपल्ट पनि आउँदा त्यही अवस्थामा देखेपछि राजस्थानस्थित तारिककी छोरीलाई फोन गरेको र उनीसँगकै सल्लाहमा प्रहरीलाई खबर गरेको उनले बताएकी छन् ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x