आईएलओ अभिसन्धि १९० पारित गर्न ट्रेड युनियनको माग

आईएलओ अभिसन्धि १९० पारित गर्न ट्रेड युनियनको माग
प्रतिकात्मक तस्वीर

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ आवद्ध नेपाल परिषद् (आईटीयूसी न्याक) ले आईएलओ अभिसन्धिन १९० पारित गर्न माग गरेको छ । 


Advertisement

हिंसामुक्त सभ्य समाजको निर्माण र विकास तथा शोषण र दमनमा आधारित श्रम संसारको अन्त्य गर्न आईएलओ अभिसन्धि १९० पारित गर्नुको कुनै विकल्प नभएको क्रियाशील ट्रेड युनियनले जनाएका छन् ।


Advertisement

परिषद्सँग आबद्ध नेपालका ठूला ३ ट्रेड युनियन नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघले संयुक्तरूपमा अभिसन्धि संसद्बाट पारित गर्न माग गरेका हुन् ।

लिंगीय भेदभाव, पक्षपातको अन्त्य गर्न र समतामूलक श्रम क्षेत्र बनाउन, समान कामको समान वेतन र कार्यविभाजनमा गरिने विभेदको अन्त्य गर्न, कलकारखानाभित्र सहकर्मीबाट महिला श्रमिकमाथि गरिने यौन हिंसा तथा दुरत्साहनको अन्त्य गर्ने विषयलाई अभिसन्धिले स्पष्ट गरेको छ ।


Advertisement

व्यवस्थापन तथा विभागीय कर्मचारी तथा निरीक्षकहरूबाट गरिने दुव्र्यवहार अन्त्य गर्न, कुनै पनि प्रकारका हिंसा तथा प्रताडना दिनु अपराध हो भन्ने चेतना जागरण गर्न, महिला र पुरुष सहकर्मीबीच सद्भावना जगाइ एकअर्काप्रति सम्मान जगाउन, हिंसा तथा दूराचार सहनशील गराउन पररम्परा र गलत संस्कारको अन्त्य गराई नयाँ जागरण ल्याउन तथा संविधान, ऐन र कानुनले दिएका अधिकार समानरूपले उपयोग र उपभोग गर्न सो अभिसन्धि तत्काल पारित गर्नुपर्ने उनीहरूको भनाइ छ ।

टे«ड युनियनहरुले सामाजिक न्याय, हिंसामुक्त समाज, लैङ्गिक समानता, विभेदरहित कार्यथलो निर्माणका लागि क्रियाशील ट्रेड युनियन र रोजगरादाताले कसैलाई पनि यस्ता हिंसा नगर्न र गर्न नदिन आग्रह गरेका छन् । आईटीयूसी न्याकका अध्यक्ष एवं अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत् सिंखडाले कार्यथलो हिंसामुक्त हुनुपर्नेमा ट्रेड युनियनले जहिले पनि आवाज उठाउँदै आएको बताए ।

कमेन्ट गर्नुहोस्