×

NMB BANK
NIC ASIA

शेयर बजारमा भारी गिरावट, नेप्से ५० अंकले घट्यो, कारोबार रकम साढे ९ अर्ब मात्रै

भदौ १७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

साताको अन्तिम कारोबार दिन बिहीवार शेयर बजार परिसूचक नेप्से ५०.३७ अंकले घट्दा २९२६.६५ विन्दुमा झरेको छ ।

Muktinath Bank

आज नेप्सेमा बजार परिसूचकसँगै सबै उपसूचकमा गिरावट भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विकास बैंक, वित्त कम्पनी र हाइड्रोपावर उपसूचकमा उच्च गिरावट हुँदा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक पनि ०.८३ प्रतिशतले घटेको छ ।


Advertisment
Nabil box
Kumari

वित्त कम्पनी उपसूचकमा सर्वाधिक ३.६८ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक ३.३८ प्रतिशत र विकास बैंक उपसूचक ३.२९ प्रतिशतले घटेको छ । यस्तै, जीवन बिमा उपसूचक पनि २.१३ प्रतिशतले घटेको छ ।

Vianet communication
Laxmi Bank

बजार परिसूचकसँगै हाइड्रोपावर उपसूचकमा उच्च गिरावट हुँदा पनि कारोबार रकममा भने हाइड्रोपावर कम्पनीमा नै आकर्षण देखिएको छ ।

आज नेप्सेमा १८४ कम्पनीको कम्पनीको शेयर कारोबारमा आएकोमा १५८ कम्पनीको शेयर मूल्य घट्दा २३ कम्पनीको भने बढेको छ । त्यस्तै, तीन कम्पनीको शेयर मूल्य स्थिर रह्यो । आज ९ अर्ब ५० करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्सेमा अरुणभ्याली हाइड्रोपावरको सर्वाधिक ५७ करोड ४० लाख १२ हजारको कारोबार हुँदा अपी पावरको ३२ करोड ९९ लाख ९८ हजार, ङ्यादी पावरको २३ करोड ३१ लाख ४७ हजार, युनाइटेड मोदी हाइड्रोपावरको २२ करोड २० लाख ७५ हजार र  हिमालयन डिस्टिलरीको २० करोड १० लाख ७९ हजारको कारोबार भएको छ ।

आईपीओ जारी गरेर नेप्सेमा सूचीकृत भई आजदेखि कारोबार सुरु भएको सानिमा लाइफ इन्स्योरेन्स र केही समयअगाडि नेप्सेमा सूचीकृत भएको मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा चन्द्रागिरि हिल्सको शेयर मूल्य ५.२३ प्रतिशत, खानीखोला हाइड्रोपावरको ५ प्रतिशत र गत आर्थिक वर्षको मुनाफाबाट आजै मात्रै २० प्रतिशत बोनस शेयर प्रस्ताव गरेको डिप्रोक्स लघुवित्तको शेयर मूल्य ४.३२ प्रतिशतले बढेको छ ।

शेयर मूल्य घट्नेमा भने नारायणी डेभलपमेन्ट बैंक ६.८७ प्रतिशतसहित सर्वाधिक अगाडि रहँदा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ६.४८ प्रतिशतले घटेको छ । त्यस्तै, अरुण काबेली पवारको शेयर मूल्य ६.०९ प्रतिशतले घटेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x