पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसको संस्थापनइतर समूहले पत्रकार सम्मेलन गरेर आगामी महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवार ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आज बिहीवार सानेपामा पत्रकार सम्मेलन गरेर १४औं महाधिवेशनमा साझा उम्मेदवार ल्याउने प्रतिबद्धता व्यक्त गरेको हो ।
उनको समूहबाट पौडेल आफैं सभापतिको उम्मेदवार बन्न चाहन्छन् । महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यहरू शेखर कोइराला र प्रकाशमान सिंह सभापतिको उम्मेदवारमा आकांक्षी छन् ।
महाधिवेशनको सम्मुखमा पौडेलले उम्मेदवारका आकांक्षीहरूलाई साथमा राखेर साझा उम्मेदवार ल्याउने बताए ।
पत्रकार सम्मेलनमा पौडेल मात्रै बोलेका थिए । सभापति पदका अरू आकांक्षीहरू भने बोलेनन् ।
संस्थापनइतर समूह एकढिक्का रहेको सन्देश दिन पौडेल पक्षले आज बिहीवार पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
चाँडै साझा उम्मेदवार तय गर्ने गरी छलफल भइरहेको पौडेलले बताएका थिए ।
पौडेल पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा युवा नेता गगनकुमार थापा पनि सहभागी भएका थिए । महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका थापा पौडेल पक्षको पत्रकार सम्मेलनमा सहभागी हुनुलाई महत्त्वका साथ हेरिएको छ ।
उनले आगामी महाधिवेशनमा पौडेल पक्षबाटै उम्मेदवार बन्न सक्ने संकेत पनि कार्यक्रममा उपस्थिति जनाएर गरेका छन् ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...