२७ जेठ २०८३, बुधबार

बैतडीमा जिप दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

कात्तिक २०, २०७४
बैतडीमा जिप दुर्घटना, दुईजनाको घटनास्थलमै मृत्यु

बैतडी, १ असार–बैतडीको शिवनाथ–२ बस्कोटीमा जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहीबार बैतडीको तल्लोस्वराड सुल्लेखानबाट कुस्मतघाटतर्फ गइरहेको से१च ११५८ नम्बरको जिप दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटना परी मृत्यु हुनेमा बैतडी शिवनाथ– ४ सोल्फोलाका ५८ बर्षीय लालसिंह महता र जिप चालक कैलाली अत्तरीयाका शिव चौधरी छन्।  
 

दुर्घटनामा जिपका साहु कैलाली गोदावरी नगरपालिका १ का हिक्मत बोहरा र बैतडी मेलौली नगरपालिका ९ बिशालपुरका हरी दत्त भट्ट घाइते भएका छन् ।

घाइतेको स्थानीय शर्माली स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । जिप सडकबाट २० मिटर तल खोलामा खसेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्