×

NMB BANK
NIC ASIA

रूपन्देहीमा ज्ञानु पौड्याल परिचित नाम हो । सामाजिक क्षेत्रलाई आफ्नो कर्मक्षेत्र बनाएकी पौड्यालले सामान्य परिवारबाट उदाउँदै एक सबल महिलाको पहिचान बनाएकी छन् ।

Muktinath Bank

उनी हाल विभिन्न संघसंस्थाको नेतृत्व गर्दै समाजसेवामा सक्रिय छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अटल, आत्मविश्वास, कामप्रतिको लगाव र निरन्तरताले भैरहवाकी पौड्याल सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका उभिन सफल भएकी हुन् । अप्ठ्यारोमा परेका महिलालाई पुनःस्थापित गराउँदै उनीहरूको स्पर्समा पौड्याल रमाउँछिन् । यो अवस्थामा आइपुग्न ज्ञानुले संघर्षका पहाड छिचोलेकी छन् । 


Advertisment
Nabil box
Kumari

द्वन्द्व प्रभावित, अभावमा परेका गभर्वती, सुत्केरी, हिंसामा परेकाहरूको संरक्षण र उद्धारमा उनी सुगन्ध भेट्छिन् । सामाजिक क्षेत्रमा वर्षौं काम गरेकी उनले सामाजिक कर्ममा लगाव राख्नुमा परिवारको प्रभाव गाँसिएको छ । अन्ततः ज्ञानुले जीवनसँग जोडिएका र रुचिको क्षेत्रलाई नै काम बनाइन् । 

Vianet communication
Laxmi Bank

दर्जनौं संघसंस्थाको नेतृत्व गर्दै उनले आफूलाई अब्बल रूपमा सामाजिक क्षेत्रमा क्रियाशील महिलाको रूपमा उभ्याएकी छन् ।

सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरामा जन्मिएकी हुन् ज्ञानु । बाल्यकालपछि बर्दियाको अंशुवर्मा माविमा विद्यालय तहको अध्ययन पूरा गरिन् उनले । 

उच्च शिक्षा कर्णालीको सुर्खेतबाट पूरा गरिन् । भैरहवाका दिनेश पौड्यालसँग विवाह बन्धनमा बाधिएसँगै उनको कर्मथलो रूपन्देही बन्यो । सिद्धार्थनगर नगरपालिका–८ मा उनको घर छ । २०४६ सालमा सरकारी सेवा स्वास्थ्य क्षेत्रमा प्रवेश गरिन् उनले । 

९ वर्षजति सरकारी सेवामा काम गरेकी उनले सरकारी जागिर चटक्कै छाडेर कास्कीको पोखराबाट युवाहरूमा लागूऔषधको रोकथामबाट सामाजिक क्षेत्रमा लागिन् । त्यससँगै सामाजिक क्षेत्रमा उनको रुचि बढ्दै गयो ।

समाज सेवामा ज्ञानुको ढोका त्यसपछि पनि उघ्रिरह्यो । अझै फराकिलो हुँदै गयो । 

आईएनएस, वार्च लगायतका दर्जनौं संस्थामा काम गरिन् उनले । नमूना एकीकृत विकास परिषद् संस्था खोलेर गर्भवती र सुत्केरीका लागि काम गर्न थालिन् । ‘शुरूमा म सरकारी सेवामा प्रवेश गरें,’ ज्ञानु भन्छिन्, ‘तर मेरो रुचि र दक्षता सामाजिक क्षेत्रमा थियो । अन्ततः यहीँ क्षेत्र रोजें । यो क्षेत्र नयाँ अनुभव पनि थियो । अहिलेसम्म यसैमा म खुशी र क्रियाशील छु ।’

नमूना एकीकृतले जिल्लामा धेरै काम गरेको छ । महिलाको नेतृत्व क्षमता विकास, सुरक्षित मातृत्व, द्वन्द्व प्रभावितको अधिकार, बालअधिकार र उनीहरूको जीविकोपार्जनमा काम गर्छ ।

मुलुकमा शान्ति स्थापना भएपछि शान्ति समिति रुपन्देहीको १ वर्ष संयोजक भएर काम गरिन् उनी । शान्ति समितिको नेतृत्व गर्दा जिल्लामा उनले धेरै द्वन्द्व प्रभावितको घाउमा मलम लगाइन् । 

त्यो बेला द्वन्द्वपीडितको संरक्षण, अधिकार प्राप्ति, सशक्तीकरण, पुनःस्थापना र राज्यबाट दिइएको सेवासुविधा लक्षित वर्गसम्म पुर्‍याइन् । द्वन्द्व प्रभावितको पुनर्मिलन कार्यक्रमले गर्दा राज्य र द्वन्द्वरत पक्षका द्वन्द्व प्रभावितहरू एकैठाउँ बसेर छलफल गर्ने वातावरण बन्यो । सम्बन्ध सुमधुर भएको र समुदायले द्वन्द्व प्रभावित परिवारलाई हेर्ने दृष्टिमा केही सकारात्मक परिवर्तन ल्याउन ज्ञानु सफल भइन् । उनकै पहलमा जिल्लाका धेरै द्वन्द्व प्रभावित महिलाले व्यवसाय सञ्चालन गरिरहेका छन् । तत्कालीन ७५ जिल्लामध्ये रुपन्देही शान्ति समितिको काममा रूपन्देही उत्कृष्ट जिल्ला घोषणा भएको थियो ।

आर्थिक सशक्तीकरणमा काम गर्दै आएको देशकै धेरै शेयर सदस्य रहेको जनउत्थान सहकारीकी अध्यक्ष पनि हुन् ज्ञानु । सहकारीमा २६ हजार शेयर सदस्य छन् । सहकारीको २ अर्ब ५१ करोड कूल पुँजीसहित १८ करोड जगेडा कोष बनेको छ । सहकारीका ८ वटा सेवा केन्द्र र ५४ जना कर्मचारी पनि उनैको मातहतमा छन् । 

महिलाको क्षेत्रमा सामाजिक काम र आर्थिक समृद्धिलाई सँगसँगै लैजान महत्त्वपूर्ण काम पौड्यालले गर्दै आएकी छन् । उनी नेतृत्वको सहकारी अवलोकन गर्न वर्षमा ३०० जनाभन्दा बढी आउने गरेका छन् । अहिले जनउत्थान ‘लर्निङ सेन्टर’को रूपमा स्थापित भएको छ । 

कोरोना महामारीको समयमा किसानको तरकारी खेतबारीमा कुहिन थालेपछि कृषि एम्बुलेन्स सञ्चालन गरी ४२ लाख रूपैयाँको तरकारी उपभोक्ताको घरघरमा पुर्‍याएर बिक्री गरियो । यो कामको पहलकदमी उनी पौड्यालले नंै गरेकी थिइन् । 

‘बिहानदेखि साँझसम्म फोन आइरहन्छ । कार्यक्रमदेखि समस्यामा परेकाहरूको क्षेत्रमा काम गर्दा दिन बित्छ । अहिले त आफूलाई समाजसेवा गर्न नै जन्मिएको जस्तो लाग्छ,’ ज्ञानु हाँस्दै भन्छिन् । धेरै उपलब्धि हाँसिल गरेपनि अरु थुप्रै घुम्ती र शिखरको चुनौती अझै पनि रहेका ज्ञानु बताउँछिन् । 

‘हामी पाहुना भएर केही न केही गर्न यो धर्तीमा आएका हौं,’ पौड्याल भन्छिन्, ‘हामीले सकेसम्म राम्रो काम गरी अरूलाई सहयोग गरौं । म आफ्नो जीवनसँग अत्यन्तै खुशी छु । त्यसैले अप्ठ्यारोमा परेकाहरूका लागि केही गरिरहेकी छु र अझै पनि निरन्तर गर्नेछु ।’ 

शान्ति समिति रूपन्देही उत्कृष्ट घोषित भएपछि ज्ञानु २ लाख रूपैयाँबाट पुरस्कृत भइन् । नेप्सकुनबाट उत्कृष्ट अध्यक्षमा रूपमा पनि पौड्याल पुरस्कृत भइसकेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवा मानपदवी पदक, महिला समानता र सशक्तीकरण दक्षिण एसियाली पुरस्कार लगायत दर्जनौं पुरस्कार सामाजिक क्षेत्रमै भिजेर काम गर्दा पौड्यालले हात परेकी छन् । 

सफल नेतृत्वको लागि अध्ययन र व्यवस्थापन दुवै आवश्यक पर्ने ज्ञानुको भनाइ छ । ‘आफ्नो नेतृत्वकालमा जसले सफलता प्राप्त गर्छन् । आफ्नो जीवनपछि पनि सबैको स्मरणमा रहिरहन्छन् । त्यसैले राम्रो काम गर्नुपर्छ,’ ५२ वर्षीया ज्ञानुले भनिन् । अहिले ज्ञानुले ज्ञान बाँड्दै हिँड्छिन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x