×

NMB BANK
NIC ASIA

राजस्व संकलन लक्ष्यमै धक्का लाग्ने चिन्ता

अर्थमन्त्रीको बोली एउटा, व्यवहार अर्कै– ठूला करदाता कार्यालय ३ सातादेखि नेतृत्वविहीन !

भदौ २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

ठूला करदाता कार्यालय विगत ३ सातादेखि नेतृत्वविहीन छ । 

Sagarmatha Cement
Muktinath Bank

कार्यालय प्रमुख बाबुराम गौतमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेपछि कार्यालय नेतृत्वविहीन अवस्थामा पुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुलुकमा संकलन हुने राजस्वको करीब ५० प्रतिशत हिस्सा यस कार्यालयले ओगटेको छ । 


Advertisment
Nabil box
Kumari

राजस्व संकलनको ठूलो हिस्सा ओगटेको कार्यालय लामो समयसम्म नेतृत्वविहीन हुँदा राजस्व असुलीको लक्ष्यलाई नै धक्का पुग्ने देखिएको छ ।

Vianet communication
Laxmi Bank

कार्यालयले ठूला करदाताबाट नियमित कर संकलनका लागि महत्त्वपूर्ण काम गर्नुपर्ने हुन्छ । यस्ता काममा नेतृत्वको मुख्य भूमिका हुन्छ ।

तर कार्यालय प्रमुख नै नहुँदा काम गर्न समस्या हुने भन्दै सरोकारवालाहरूले प्रश्न उठाउन थालेका छन् ।

शक्ति केन्द्रको चित्त बुझाउन पद ‘होल्ड’ !

अर्थमन्त्री बनेसँगै जनार्दन शर्माले राजस्व असुलीमा गुणात्मक वृद्धि गर्ने बताउँदै आएका छन् । तर त्यही राजस्व उठाउने मुख्य कार्यालयमा उनले प्रमुख नियुक्त गर्न सकेका छैनन् । 

अर्थमन्त्री शर्माले अर्थसचिव शिशिर ढुंगानाको ठाउँमा मधुकुमार मरासैनीलाई ल्याएका छन् । यस्तै राजस्व सचिवको जिम्मा पनि आफूनजिककै कृष्णहरि पुष्करलाई दिएका छन् । 

मन्त्रालयभित्र मात्र नभएर मातहतका निकायमा समेत अर्थमन्त्री शर्माले व्यापक हेरफेर गर्दै आएका छन् । भन्सार विभाग, आन्तरिक राजस्व विभागलगायतमा कर्मचारीहरूको सरूवा भइसकेको छ । 

आफूलाई सहज हुनेगरी कर्मचारी अदलबदल गर्दै आएका मन्त्री शर्माले ठूला करदाता कार्यालयमा भने कार्यालय प्रमुख ल्याउन सकेका छैनन् । 

आफू नजिकका मानिसलाई ल्याउनका लागि उनले ठूला करदाता कार्यालयको प्रमुख पद ‘होल्ड’ गरेर राखेको आरोप समेत लाग्न थालेको छ ।

अर्थमन्त्रीको भाषण एकातिर, काम अर्कैतिर देखिएको कर्मचारीहरूको आरोप छ ।

‘अर्थमन्त्री शर्माले भाषणमा चाहिँ २ सय प्रतिशतभन्दा बढी राजस्व उठाउने लक्ष्य राख्नुभएको छ, तर यति ठूलो कार्यालयमा नेतृत्व ‘होल्ड’ गरेर राख्नुभएको छ,’ ठूला करदाता कार्यालयका एक उच्च अधिकारीले लोकान्तरसँग भने, ‘विभिन्न शक्ति केन्द्रहरूको दबाब र व्यक्तिगत स्वार्थका लागि उहाँले कार्यालय प्रमुख पठाउन नसक्नुभएको हो भन्ने बुझाइ आउन थालेको छ । यसरी त काम गर्नै समस्या हुन्छ ।’

आन्तरिक राजस्व विभागअन्तर्गतको एक कार्यालय हो, ठूला करदाता कार्यालय । यस कार्यालयमा प्रमुख नहुँदा कतिपय करदातामाथिको छानबिन तथा अनुसन्धानमा समेत असर परेको छ । 

यस्तै कतिपय निर्णय प्रक्रियामा पनि असर पर्न थालेको करदाता कार्यालयको बुझाइ छ ।  यसरी प्रमुखविहीन हुँदा कार्यालयले लक्ष्यअनुसारको काम गर्न कठिन हुने कर्मचारीहरू बताउँछन् ।

करदाता कार्यालयलाई साउन, भदौ र असोज महिना निकै चाप हुने गर्छ । यस समयमा ४ वर्षमा सक्नुपर्ने लेखा परीक्षणका कामहरू पनि सक्नुपर्ने हुन्छ । 

असोज मसान्तसम्ममा सम्बन्धित सबै करदाताको लेखा परीक्षण सक्नुपर्ने हुन्छ । तर कार्यालय प्रमुख नहुँदा यस्ता कामहरू गर्न समस्या भएको कार्यालयका एक उच्च अधिकारीको भनाइ छ । 

राजस्वको लक्ष्यमा धक्का पुग्ने चिन्ता 

भर्खरै मात्र राजस्व सचिवबाट सेवानिवृत्त भएका रामशरण पुडासैनी ठूला करदाता कार्यालय प्रमुखविहीन हुँदा समग्र कर प्रणालीलाई नै असर पर्ने बताउँछन् । 

३ सातासम्म पनि कार्यालयमा प्रमुख ल्याउन नसक्नु राजस्व संकलनको लक्ष्यलाई पनि धक्का पुर्‍याउनु भएको उनको बुझाइ छ ।

‘यो कार्यालयमा कर संकलनदेखि करजोखिम पनि निकै बढी हुन्छ । यस्तो काममा प्रमुखको मुख्य भूमिका हुन्छ, त्यसकारण थोरै समय पनि यसलाई नेतृत्वविहीन बनाउनु राम्रो होइन,’ उनले भने ।

ठूला करदाता कार्यालयमा हुने ठूला फाइलहरूका विषयमा जटिलता आइरहने भन्दै पूर्व राजस्व सचिव पुडासैनीले यसमा कार्यालय प्रमुखको महत्त्वपूर्ण भूमिका हुने बताए । उनले मुद्दा मामिलामा पनि नेतृत्व आवश्यक पर्ने भन्दै यस्तो कार्यालय नेतृत्वविहीन राख्नै नहुने बताए । 

‘करदाता कार्यालयमा ठूला फाइलहरूको अडिटमा समस्या आइरहने हुनाले यसमा विशेष ध्यान पुर्‍याउनुपर्ने हुन्छ । असुलीकै सम्बन्धमा पनि विभिन्न कानूनी कामहरू, प्रक्रियाहरू पुर्‍याउनुपर्ने हुन्छ,’ उनले भने, ‘मुद्दामामिलादेखि कारदातालाई सेवाको हिसाबले पनि त्यही अनुसारको व्यस्त राख्नुपर्ने हुन्छ, प्रमुख नहुँदा यस्ता कामहरू प्रभावित हुन्छन् ।’

आन्तरिक तयारीमै अर्थमन्त्री !

अर्थमन्त्री शर्मालाई अहिले गठबन्धनसँग नजिक भएका कर्मचारीहरूको व्यवस्थापनका लागि ठूलो दबाब छ । सोही दबाबका कारण पनि ठूला करदाता कार्यालयमा कार्यालय प्रमुख तोकिन ढिलाइ भएको तर्क अर्काथरिको छ ।

यता अर्थमन्त्री शर्मा निकटस्थ स्रोतले भने अहिले सहसचिवहरूको सरुवाबारे आन्तरिक तयारी भइरहेको सुनाए । स्रोतले लोकान्तरसँग भन्यो, ‘सहसचिवहरूको सरुवाको तयारी भइरहेको छ, केही दिनमा नै ठूला करदाता कार्यालयले पनि प्रमुख पाउँछ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x