×

NMB BANK
NIC ASIA

भवनको गुणस्तरमै प्रश्न

झण्डै १ अर्बमा बनेको महान्यायाधिवक्ता कार्यालय भवन चुहियो, पार्किङमा जम्यो ताल [भिडियोसहित]

कर्मचारी भन्छन्- 'लिफ्ट समेत ३ महिनादेखि बिग्रिएर थन्कियो'

भदौ २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

झण्डै एक अर्ब खर्चिएर हालै निर्माण सम्पन्न भएको महान्यायाधिवक्ताको कार्यालय भवनमा पानी चुहिँदा पार्किङ क्षेत्रमा ताल जमेको छ ।

Sagarmatha Cement
Muktinath Bank

शर्मा–समानान्तर जेभीले करीब ९५ करोडमा निर्माण सम्पन्न गरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ८ गते उद्घाटन गरेको अत्याधुनिक भवनमा एक वर्ष नबित्दै पानी चुहिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'बाहिरबाट छिरेको होइन, भवन नै चुहिएर पानी जमेको हो,' महान्यायाधिवक्ताको कार्यालयका एक कर्मचारीले लोकान्तरसँग भने, 'झण्डै एक अर्ब खर्चिएको भवन एक वर्ष नपुग्दै चुहिन थालेको छ ।'


Advertisment
Nabil box
Kumari

२०७४ असोज २४ गते तत्कालीन महान्यायाधिवक्ता अग्नि खरेलले शिलान्यास गरेको भवन ३ वर्ष ३ महिनापछि उद्घाटन गरिएको थियो । 

Vianet communication
Laxmi Bank

यता महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले भने पार्किङ क्षेत्रबाट बाहिर ढलमा पानी जान नसक्दा समस्या भएको बताए ।

'हाम्रो पार्किङ क्षेत्रभन्दा बाहिर ढलको हाइट नै बढी भएकाले यो समस्या आएको हो,' रेग्मीले भने, 'पछि बाहिर ढल खनेर त्यसलाई मिलायो भने सधैंका लागि समस्या समाधान हुनसक्छ।'

अहिले अस्थायी समाधानका लागि ठेकेदार कम्पनीले नै मोटर लगाएर पानी बाहिर तानिरहेको रेग्मीले जानकारी दिए । उक्त समस्याको स्थायी समाधान पनि ठेकेदारले नै गर्ने उनको भनाइ छ ।

यति मात्र होइन, त्यहाँका एक कर्मचारीका अनुसार लिफ्ट समेत ३ महिनादेखि बिग्रिएको छ । सञ्चालनमा आउन नपाउँदै लिफ्ट बिग्रिएर थन्किएको हो ।

ठूलो रकम खर्चिएर बनाएको अत्याधुनिक भनिएको भवनको समेत यस्तो बेहाल देख्दा कर्मचारीहरू नै दिक्क छन् ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x