×

NMB BANK
NIC ASIA

प्रहरीलाई भुँडीको चिन्ता

प्रहरीलाई भुँडीको भारी : ज्यान निकै भद्दा हुँदा जिल्ला–जिल्लामा शुरू भयो भुँडी घटाउने अभियान

भदौ २१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रहरी भन्नेबित्तिकै आममानिसको दिमागमा आउने दृष्य हो– सुगठित एवं तन्दुरुस्त शरीर र सपक्क मिलेको निलो बर्दी ।

Muktinath Bank

तर नेपालको परिप्रेक्ष्यमा यस्ता कल्पना वास्तविकतामा पनि मिलिहाल्छ भन्ने छैन । तन्दुरुस्त रहनु पेशागत प्रकृति नै भएपनि प्रहरीका हाकिमहरू भुँडीबाल देखिनु नेपालमा आम विषय नै हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी हबल्दारदेखि माथिका हाकिममा यो समस्या बढी देखिन्छ । त्यस्ता प्रहरी कर्मचारीहरू झडप हुँदा दगुर्न नसक्ने, कुनै अपराधीलाई पच्छ्याउनु पर्दा भेट्न नसक्ने जस्ता गम्भीर समस्या आउने गर्छ ।


Advertisment
Nabil box
Kumari

थोरै कुद्दा पनि स्वाँस्वाँ गरिरहेका देखिन्छन् ।

Vianet communication
Laxmi Bank

तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालले भुँडी घटाउने अभियान नै चलाएका थिए । त्यसपछिका आईजीपीहरूले अभियान नै नचलाए पनि तन्दुरुस्त रहनलाई नै प्रोत्साहित गर्ने गरेका थिए ।

अनौपचारिक रूपमा मात्र अभियान चलेकाले कतिले भुँडी घटाए भन्ने यकिन तथ्याङ्क भने प्रहरीसँग नभएको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए ।

‘प्रहरी तन्दुरुस्त देखिनु पेशाको नेचर हो । त्यो बेलामा अनौपचारिक रूपमा भनिएको थियो,’ प्रवक्ता कुँवरले लोकान्तरसँग भने ।

अहिले प्रहरीका अधिकांश हाकिमहरूको भुँडी सामान्य रहेको उनले दाबी गरे ।

कोरोना भाइरसको महामारीपछि स्वास्थ्यमा सचेत रहनुपर्ने कुराले भुँडी घटाउने कुरामा पनि टेवा मिलेको प्रवक्ता कुँवरको भनाइ छ ।

‘अहिले त्यही १५ प्रतिशत जति प्रहरीको भुँडी ठूलो होला, अरू त तन्दुरुस्त नै छन्,’ एसएसपी कुँवरले भने, ‘हाकिमहरूको त अहिले ठूलो भुँडी छैन ।’

जिल्लाका अधिकांश प्रमुखहरूले अहिले शारीरिक तन्दुरुस्तीलाई प्राथामिकता दिएर  काम गरिरहका छन् ।

रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै शारीरिक र मानसिकरूपमा पनि स्वास्थ रहनका लागि भन्दै बिहान–बिहान कर्मचारीलाई व्यायाम गराउने र दगुराउने गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्की बिहान ५ बजेदेखि साढे ६ बजेसम्म आफू अघिअघि लागेर कार्यालयका अन्य कर्मचारीहरूसँगै दौडिन्छन् ।

उनले जिल्ला प्रहरी कार्यालय बर्दियाको नेतृत्व सम्हालेको ८ महिना पुग्न लागेको छ । १०/१२ किलोमिटर दगुरेर कार्यालय फर्केपछि उनीहरूले शारीरिक तन्दुरुस्तीको अभ्यास पनि गर्ने गरेका छन् ।

तर पहिला त्यस्तो अवस्था थिएन । तन्दुरुस्त रहनुपर्ने प्रहरी कर्मचारीहरूको भुँडी पुक्क उठेको थियो । उनले त्यसलाई घटाउन तथा शारीरिक र मानिसक रूपमा तन्दुरुस्त राख्नका लागि व्यायामको शुरूआत गरेका थिए । 

‘शारीरिक रूपमा तन्दुरुस्त भएपछि उनीहरूमा मानिसक र शारीरिक रूपमा स्फुर्ती देखिएको छ भने काममा पनि प्रभावकारिता आएको छ,’ एसपी कार्कीले लोकान्तरसँग भने, ‘जसले गर्दा आम मानिस ले हेर्ने दृष्टिकोणमा पनि फरक परेको पाएको छु ।’

यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले पनि प्रहरीको भुँडी घटाउने अभियान नै चलाए । 

उनले पनि दैनिक साढे १ घण्टाभन्दा धेरै व्यायामका साथै मातहत कर्मचारीलाई दगुराउँछन् ।

‘बिहान नियमित रूपमा मसँगै कर्मचारीहरूलाई पनि कुदाउने गरेको छु, जसले गर्दा कार्यसम्पादन र मानिसक रूपमा पनि राम्रो भएको छ,’ एसपी काफ्लेले लोकान्तरसँग भने, ‘अहिले सबै प्रहरी कर्मचारीहरू नियमित अभ्यास गर्छन्, उनीहरूको तौलमा पनि कमी आएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x