
नेपाल प्रहरीले चन्द्रागिरि नगरपालिका–२, नागढुंगाबाट लागुऔषधसहित आज एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरी रुपनी गाउँपालिका–६ का १९ वर्षीय सुरेश खंग रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाले सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ५ ख ५३१५ नम्बरको यात्रुवाहक बस चेकका क्रममा लागुऔषधसहित उनलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले कालो रंगको झोलाभित्र लुकाएर ल्याएको नाइट्राभेट–१० लेखिएको ५८५ ट्याब्लेट लागुऔषसहित खंगलाई पक्राउ गरिएको जानकारी दिए । पछिल्लो समय प्रहरीले सो नाकामा विशेष कडाइ गरेसँग लागुऔषध कारोबारकर्ता पक्राउ हुन थालेका छन् ।