तीन महिने डमरु मृत फेला

चितवन राष्ट्रिय निकुञ्जको पूर्वसेक्टरमा करिब तीन महिने पोथी डमरु (बाघको बच्चा) मृत फेला परेको छ । निकुञ्जको पूर्वी सेक्टर सौराहा क्षेत्रको ढुङ्गरे खोला पारी निकुञ्जको कोर इलाकामा पोथी डमरु मृत अवस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।


Advertisement

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले प्रारम्भिक स्थलगत अध्ययनका आधारमा उक्त डमरु माउसँग छुटेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको बताए ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्