×

NMB BANK
NIC ASIA

डमी प्रहरीको बेहाल

वर्षदिन नबित्दै कता हराए काठमाडौंका चोकचोकमा भेटिने 'नक्कली' ट्राफिक प्रहरी ?

भदौ २४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

महानगरीय ट्राफिक प्रहरी कार्यालय कोटेश्वरको गेटबाट छिर्ने बित्तिकै ट्राफिक प्रहरीका ५ वटा डमी थन्क्याएर राखेको देख्न सकिन्छ ।

Muktinath Bank

दुईवटा डमी टोपीसहितका छन्, तीन वटाको टोपी छैन । एउटालाई ज्याकेट पनि लगाइएको छ । बर्दी भने सई र जवानको लगाइदिएको देख्न सकिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी तिनै डमी हुन्, जो एक वर्षअघि काठमाडौंका चोकचोकमा थिए । २०७७ भदौ १९ देखि काठमाडौंका सडकमा ट्राफिक नियम पालना गराउन पहरा दिने डमी एक वर्ष बित्न नपाउँदै गोदाममा थन्किने अवस्थामा पुगेका हुन् ।


Advertisment
Nabil box
Kumari

डमीहरूलाई धुलाम्मे अवस्थामा प्रहरी कार्यालयहरूमा थन्क्याएर राखिएको छ ।

Vianet communication
Laxmi Bank

तत्कालीन ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकाल प्रमुख भएको समयमा नेपालमा नौलो प्रयासका रूपमा डमी ट्राफिक भित्र्याइएको थियो ।

त्यतिबेला सिंहदरबार, माइतीघर, जावलाखेल, सातदोबाटो, नयाँ बानेश्वर, बालुवाटार, एकेडेमी मोड, लैनचौर, भोटाहिटी, रणोद्वीप,  भद्रकाली,  थापाथली, कालिमाटी, कलंकी, जडिबुटी, कोटेश्वर, गौशाला, पुरानो बानेश्वर, कृष्ण पाउरोटी, पद्मोदय मोड, नागढुंगा र जगातीमा डमी राखिएका थिए ।

त्यसको सिको गर्दै उपत्यका बाहिरका जिल्लाहरूमा पनि डमी ट्राफिक राख्ने क्रम देखिएको थियो । उपत्यकाबाहिर रुपन्देही, कपिलवस्तु, नवलपरासी, झापा लगायतका जिल्लाका मुख्य चोकका डमी ट्राफिक देख्न पाइन्थ्यो ।

डमी ट्राफिकले ट्राफिक नियम उल्लंघन गर्नेलाई ५ हजार देखि १० हजारसम्म जरिवाना हुने सन्देश लेखेको प्लेकार्ड समेत बोकेका थिए ।

ट्राफिक प्रहरीको उपस्थिति नरहेको बेलामा पनि डमीले ट्राफिक नियम पालना गराउन मद्दत गर्ने प्रहरीको विश्वास थियोे ।

‘रातिको समयमा तीव्र गतिमा आएका सवारी साधनहरू ट्राफिक प्रहरी जस्तै ठानेर सीमित गतिमा हिँड्छन्, र दुर्घटना हुनबाट जोगिन्छ भन्ने हामीले विश्वास लिएका छौं,’ ढकालले भनेका थिए ।

एक वर्षमै थन्किए डमी

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्मा दासका अनुसार डमी ट्राफिकहरूलाई सडकबाट निकालेर नजिकको प्रहरी कार्यालयमा राखिएको छ ।

‘हामीले अहिले कोरोना संक्रमण कम भएका कारण र पानी पनि परेका कारणले कार्यालयमा राखेका हौं,’ एसपी  दासले लोकान्तरसँग भने, ‘अब अहिले पोहोर सालजस्तो कोरोना संक्रमित पनि त छैैनन् नि !’

कोरोनाको बेलामा ट्राफिक प्रहरीको काममा डमीका कारण केही सहयोग पुगेको थियो । महाशाखाको अनुरोधमा काठमाडौं महानगरपालिकाले डमी प्रहरी राख्नका लागि सहयोग गरेको थियो ।

डमीहरूलाई दैनिक हेरचाह गर्नुपर्ने, धुलोले कपडा बिग्रिएको, झरी परेको आदि कारणले थन्क्याएर राखिएको प्रवक्ता दासको भनाइ छ ।

चाडपर्व नजिकिएकाले फेरि डमीलाई सडकमा उतार्ने तयारी छ ।

‘अब चाडपर्व आउँदैछ, त्यो समयमा ट्राफिक प्रहरीको संख्यामा कमी आउँछ, त्यसलाई परिपूर्ति गर्न सडकमा ल्याउने तयारी गरिरहेका छौं,’ एसपी दासले भने, ‘उनीहरूको कपडाको पनि बन्दोबस्त गर्नुपर्ने देखिन्छ ।’

एउटा डमीलाई २० हजार खर्च !

काठमाडौं महानगरपालिकाको सहयोगमा ५० वटा डमी ट्राफिक उपत्यकाका ३ वटा जिल्लाका मुख्य चोकमा राखिएको थियो ।

काठमाडौं महानगरपालिकाका एक कर्मचारीका अनुसार त्यो समयमा डमी बनाउन प्रतिगोटा १५ हजार र त्यसको बर्दीका लागि ५ हजार गरेर लगभग २० हजार खर्च लागेको थियो । 

‘५० वटालाई १० लाख खर्च गरेर उपत्यकाका सडकमा राखिएको थियो,’ एक कर्मचारीले लोकान्तरसँग भने ।

त्यसलाई सफा गर्न र च्यातिएको बर्दी नयाँ ल्याउनका लागि बजेट समेत नभएको महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दासले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x