छोराको तस्वीर र नाम सार्वजनिक गर्दै ऋचाले लेखिन्– अब एउटा मात्र लोभ छ

छोराको तस्वीर र नाम सार्वजनिक गर्दै ऋचाले लेखिन्– अब एउटा मात्र लोभ छ

नायिका ऋचा शर्माले आफ्नो छोराको तस्वीर सार्वजनिक गरेकी छन् ।


Advertisement

सामाजिक सञ्जाल फेसबूकमा एउटा स्टाटस लेख्दै उनले छोराको नाम पनि सार्वजनिक गरेकी छन् ।


Advertisement

ऋचाले छोराको नाम आभ्यान राखेकी हुन् ।

स्टाटसको अन्तिममा उनले लेखेकी छन्, 'छोरा आभ्यान विक्रम राणाको (Aavyan Bikram Rana)तपाईंहरू सम्पूर्णलाई न्यानो माया।'


Advertisement

ऋचाले थप लेखेकी छन्, 'एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस् र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ भन्ने मात्र लोभ छ अब ।'

हेर्नुहोस्, ऋचाको स्टाटस :

आज धेरै कुराहरू लेख्छु भनेर सोचिरहेको थिएँ, यो ९ महिनाको मनोवाद सब पोख्छु भनेर सोचिरहेको थिएँ। तर आज शब्दको अभाव महशुस भइरहेको छ,भावनालाई कसरी बुनुम् भइरहेको छ। हिजोसम्म आफैँ केटाकेटी छु जस्तै लागिरहेको थियो। आज एकाएक परिपक्व भएको झैँ आभास भइरहेको छ। सोच्दा पनि पृथ्वी बोके झैँ लाग्छ । आज मलाई आमा भन्ने कोही खासको आगमन भएको छ। अनेक कुराहरू मनमा खेलिरहेका छन् । उत्सुकता, अस्थिरता, हर्ष, पीर, डर, दृढता, संकल्पहरूको बाढी मनभित्र चलिरहेको छ। पर्दामा अनेक भूमिका निभाउँदा निभाउँदै आज पर्दा बाहिर आमा बन्ने सौभाग्य पाउँदा, यो जत्तिको महत्त्वपूर्ण र न्यानो चरित्र सायद मैले कहिले निर्वाह गर्ने मौका पाएको थिइनँ । जीवनमा आजसम्म के कति कमाएँ लेखा-जोखा छैन, तर आमा झैँ माया गर्ने सासुआमा हुनुहुन्छ, बुवा झैँ आशिष दिने ससुरा बुवा हुनुहुन्छ र मनले मागेभन्दा बढी बुझिदिने दिने जीवनसाथी। आज सन्तानको आगमन सँगै म जत्तिको धनी मान्छे कोही छैन झैँ लागिरहेको छ। बाटो लामो छ। एउटा असल आमा जो एउटा दरिलो साथी पनि बन्न सकोस् र छोरालाई पुरुष मात्र नभएर असल मान्छे बनाउन सकुँ भन्ने मात्र लोभ छ अब। यो यात्रामा तपाईहरु सम्पूर्ण शुभचिन्तकहरूको सधै झै माया, मार्गदर्शन, शुभेक्षा र आशिशको अपेक्षा गर्दछु। छोरा आभ्यान विक्रम राणाको (Aavyan Bikram Rana)तपाइहरु सम्पूर्णलाई न्यानो माया।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्