२६ जेठ २०८३, मंगलबार

अमेरिकाको घाउमा नूनचुक छर्किँदै तालिबान सरकारले शनिवार शपथ लिने

भदौ २५, २०७८
अमेरिकाको घाउमा नूनचुक छर्किँदै तालिबान सरकारले शनिवार शपथ लिने

अमेरिकासँग २० वर्ष युद्ध गरेर अहिले शासन गर्न आइपुगेको तालिबानले अमेरिकालाई चिढ्याउन कुनै अवसर गुमाएको छैन । 

अफगानिस्तानमा तालिबान सरकारले ११ सेप्टेम्बर अर्थात् शनिवार शपथग्रहण गर्दैछ । आजभन्दा २० वर्षअगाडि सेप्टेम्बर ११ मा ओसामा बिन लादेनको आतंकवादी संगठन अलकायदाले अमेरिकाको न्युयोर्कस्थित ट्विन टावरमा आक्रमण गरेर ३ हजारजनाको ज्यान लिएको थियो ।  

त्यही आत्मघाती आक्रमणपछि अमेरिकी सेना अफगानिस्तान पुगेर तालिबान सरकारलाई सत्ताच्युत गरेको थियो । 

बीस वर्षपछि सत्तामा फर्केको तालिबानले जानीबुझी अमेरिकालाई चिढ्याउनका लागि सेप्टेम्बर ११ को दिन शपथग्रहण गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्