
नेपाली कांग्रेसले तल्ला कार्यसमितिमा अधिवेशन सारेको छ ।
कांग्रेस निर्वाचन समितिको बैठकले अधिवेशनको कार्यतालिका संशोधन गरेको निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
संशोधित कार्यतालिकाअनुसार बाँकी २० जिल्लाका वडा अधिवेशन असोज ५ गतेसम्म गर्नुपर्नेछ ।
पालिकाको अधिवेशन भदौ २३ गते गर्ने भनिएकोमा सबै जिल्लाको एकैचोटी गर्ने भनिएकाले आगामी असोज ९ गतेसम्मलाई सारिएको छ ।
प्रदेश निर्वाचन क्षेत्र अधिवेशन असोज १२ गते गर्ने, एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते गर्ने, एकभन्दा बढी क्षेत्र भएको जिल्लामा असोज १८ गते जिल्ला अधिवेशन गर्ने तय भएको सदस्य श्रेष्ठले बताए ।
प्रदेश अधिवेशन कात्तिक ५ गतेदेखि र केन्द्रीय महाधिवेशन मंसिर ९–१३ गतेसम्म यथावत रहेको छ ।
