×

NMB BANK
NIC ASIA

नेपाली वामपन्थीलाई साझा पत्र

भदौ २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

दुर्गाप्रसाद खरेल

Muktinath Bank

मार्क्सवादी र लेनिनवादी दर्शन, जनताको मुक्तिको लक्ष्य र सिद्धान्त बोकेर लक्ष्य निर्धारण गरेका नेपाली कम्युनिस्टहरूले देशमा जनताको आकांक्षा अनुसार विकास र समृद्धि देखाउन सकेनन् । नेपाली जनताका रोजगारी, आवास, सामाजिक न्याय र विकासको सपना साकार अझै भएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली युवाहरूको श्रम बजार स्वदेशमा विकसित हुन सकेको छैन । भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरोधी लोकप्रिय नारा लिएर राजनीतिमा निकै दशकदेखि सक्रिय नेपालका वामपन्थीहरू भारतलाई विस्तारवादी चरित्र माने पनि त्वं शरणम् गरिरहेछन् । र अमेरिकाको साम्राज्यवादी नीतिलाई चुनौती दिन त उनीहरूले झनै आँट गर्न सकेको देखिँदैन । 


Advertisment
Nabil box
Kumari

नेपालको कम्युनिस्ट आन्दोलनले पिछडिएका, दलन र विभेदमा परेका महिला र उपेक्षित वर्गका लागि बोलिदिएको चाहिँ छ । महिलाहरू र उपेक्षित वर्गविरुद्ध रहेका धार्मिक, सांस्कृतिक र परम्परागत तगाराहरूलाई धेरै मात्रामा भए पनि हटाउने लडाइँ भने उनीहरूले लडेकै हो ।  विगतमा निरंकुश व्यवस्थामा आफ्नै ज्यानको परवाह नगरी जनतामा चेतना जगाउँदै, शोषणकारी र विभेदकारी प्रणाली र सामाजिक विसंगति विरुद्ध आवाज बुलन्द पार्दै, जेलनेल र यातनाको भयावह अवस्थाबाट गुज्रेर जनताको मुक्तिका खातिर दिएको बलिदानी योगदानको कारणले कम्युनिस्टहरूप्रति जनताको आज पनि उत्तिकै विश्वास छ । 

Vianet communication
Laxmi Bank

जनतालाई पूर्ण न्याय दिन भने ‘समय लागेको’ छ । यस्तै सकारात्मक चरित्रले गर्दा नेपालमा वामराजनीतिप्रति आम चासो र आकर्षण रहेको छ । कम्युनिस्ट दर्शन, यसमा रहेका विचारधारा, मापदण्ड र सिद्धान्तमा रहेका समतामूलक न्याय र सामाजिक न्यायका प्रतिबद्धताहरूबाट आकर्षित भएर कम्युनिस्ट पार्टीमा झुकाव राख्नेहरूको नेपालमा उल्लेख्य संख्या छ । नेपाली समाजको रूपान्तरण र राजनीतिक व्यवस्था परिवर्तनमा वामपन्थीहरूको योगदान उल्लेखनीय छ । 

यति सकारात्मक पक्षहरू भएता पनि नेपालको राजनीतिक उतार चढाव र अस्थिरताको चपेटामा वाम राजनीति अछुतो रहन सकेन । नेपालको विशिष्ट धरातल, नेपाली जनताको प्रवृत्ति र नेपाली स्थितिमा कम्युनिज्मको यथार्थपरक स्वरुप निर्धारण गर्न सकेको छैन । यति लोकप्रिय तथा दुःखी जनताको आशा भरोसाको केन्द्र भएर पनि नेपालमा कम्युनिस्ट पार्टी टुटफुटमा अभ्यासरत भए । यी टुटेफुटेका र आ आफ्नो राजनीतिक ताल बजाइरहेका फरक नेताका फरक लक्ष्य छन् । सामाजिक न्याय र आरक्षणको आधार जाति कि वर्ग ? यस्ता कार्यनीति निर्धारण गर्न समेत सकेको छैन । कम्युनिस्ट नेताहरू फरक दर्शन र सिद्धान्त लिएर वादविवादमा अल्झिरहेका छन् जसको मूल्य देश र जनताले चुकाउनु परेको अवस्था छर्लङ्गै छ ।

वामपन्थीहरू आफ्नै तालमा आफ्नो चाहिँँ सिद्धान्त र दर्शन उत्कृष्ट भएको अहङ्कारबाट अर्काे वामपन्थीलाई बदनाम गर्ने र मास्ने हर्कत गरिरहने, सिङ्गो वामशक्ति अभिमान र अहंकारको पर्याय बनेर कम्युनिज्म र वाम आन्दोलनको बदनाम गर्दै नेपालमा कम्युनिस्टको अस्तित्व सिध्याउने प्रतिस्पर्धामा लागेको देखिन्छ । यो चाला नसच्याउने हो भने नेपालमा कम्युनिस्टको अस्तित्व सकिने सम्भावना केही टाढा छैन । कम्युनिस्ट आफू आफू जुधेर एकातिर जनताको आस्था र विश्वासमा पहिरो मात्रै गएको छैन, आफैँ अग्रमोर्चामा रहेर हजारौँ होनहार युवाहरूको ज्यानको बदलामा पाएका उपलब्धिलाई जनताको हितमा प्रयोग गर्न नसक्दा जनताको नजरबाट गिर्नु र विश्वास गुमाउनु कुनै पनि दलको लागि घात हो ।

हजारौँको बलिदानबाट ल्याएको परिवर्तन समेत निरर्थकझैँ भएको छ । आज बलिदानबाट आएको लोकतन्त्र धरापमा परेको छ । प्रतिगामीहरूले ठाउँ पाएका छन् ।

यसरी हजारौँको बलिदानबाट ल्याएको परिवर्तन समेत निरर्थकझैँ भएको छ । आज बलिदानबाट आएको लोकतन्त्र धरापमा परेको छ । प्रतिगामीहरूले ठाउँ पाएका छन् । प्रतिगामी र जनताको हक अधिकारको बाधकहरू निकै सल्बलाएकोे स्थिति पनि देख्न थालिएको छ । यसरी लोकतन्त्रवादी र जनवादी भनिने पार्टीहरू आफू आफू जुधेर आफैँ सकिने निश्चित छ । अब लोकतन्त्र नै अन्तिम लक्ष्य ठानेर यसैैमा लडिरहने कि जनवाद तर्फ अघि बढ्ने भन्ने कुरा निर्धारण गर्ने टड्कारो आवश्यकता देखिएको छ ।

रुसको विकास र चीनको समृद्धि देखेर विश्वमै कम्युनिज्मप्रति आकर्षण बढेको कुरालाई नकार्न सकिँदैन । तर नेपालमा न त नेतामा कम्युनिस्ट सिद्धान्त अनुसारको आचरण देखियो, न त राजनीतिक चालचलन बन्न सक्यो, न त गरिब र निमुखाको जीवनस्तर नै माथि उठ्न सक्यो । देशमा ७० प्रतिशत भन्दा बढी धेरै न्यून आय भएका र गरिब जनताको भावनालाई ग्रहण गर्न सकेन । जनताको विश्वास र भावनामा जहिले पनि ठेस पुर्‍याउने र वञ्चित पार्ने काम मात्र भयो । जनता मध्येका सबैभन्दा कम आय हुनेहरूलाई वास्तै नगर्ने (उपेक्षा गर्ने), मध्यमवर्गीय जनताका एक तप्का बेरोजगारहरूलाई आफ्ना पछि लगाउने र झन्डा बोकाउने काम मात्र भयो । बेराजगारहरू पनि के गरुन् नेताका पछि लाग्दा केही पाइन्छ कि भनेर पछि पछि जयजयकार गदै हिँडिरहे ।

देशमा बेरोजगारीले हाहाकार मच्चाए पछि र दैनिक गुजारा गर्नै धौ धौ भए पछि जनतामध्ये केहीले अरु विकल्प नदेखी कोही तस्करीमा संलग्न भए, कसिमसनखोरीमा लागे, कोही दलालीमा लागे । यसै कारणले देशमा अपराधिकरण बढ्यो । देशमा भएका प्राकृतिक रोगजारीका क्षेत्रहरू लोप हुँदै अनैतिक र अस्वस्थ तरिकाका माध्यमहरू प्रयोग गर्न थालियो । नेताहरू यी सब वास्तै नगरी आफ्नो सत्ता टिकाउन, सत्ताको वरिपरि रहन र राजनीतिक विकृति बढाउन राष्ट्रिय ढुकुटीको दुरुपयोग गरिरहे । सत्ताकेन्द्रित राजनीति, अस्वस्थ प्रतिस्पर्धा, सांसद खरिद बिक्री जस्ता निर्लज्ज अलोकतान्त्रिक अभ्यासहरूले गर्दा प्रजातान्त्रिक कालमा प्रजातन्त्रलाई सबै भन्दा बढी बदनाम गरियो । यसपछि देशमा सशस्त्र यु्द्ध सुरु भयो ।

संसदीय पद्धतिको यो घिनलाग्दो कर्तुत अन्त्य गर्न अर्को वामशक्तिले देशमा अर्को उधुम मचायो । देशमा बढेको अशान्तिका बिचमा वैदेशिक रोजगारी खुलेपछि युवाहरू पलायन गर्न लागे । यसपछि नेताहरू झन ढुक्क भए । विदेशले रोजगारी दिइहाल्छ, वैदेशिक रोजगारहरूको रेमिटले देश चलिजान्छ भनेर नेताहरूको ठाट बाट र शानमा झनै वृद्धि भयो, देशमा करबाट र रेमिटबाट पैसा प्रशस्त उठ्न थालेपछि राज्यमा एकातिर भ्रष्टाचारको मात्रा बढ्यो भने अर्कातिर नेताहरूको लापरवाही रवैया र राजनीतिक अपरिपक्वताले गर्दा भ्रष्टाचार र आर्थिक अनियमित अकल्पनीय रूपमा वृद्धि भई यसको नियन्त्रण हुन सकेन । न त भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्ने कुनै स्वतन्त्र निकाय बन्न सकेन । बने पनि स्वतन्त्र र निष्पक्ष हुन सकेन । 

कृषि क्षेत्रलाई स्याहार र व्यवस्थापन गर्ने कुनै प्रभावकारी नीति नै नल्याई कृषि क्षेत्र तहसनहस भयो । देशमा कृषकहरू लगायत युवाहरूलाई श्रम बेच्न विदेश पलायन गर्न बाध्य पारेर नेपाली दलहरूले माफिया र दलालहरूलाई विकासको जिम्मा सुुम्पिने जस्तो घातक संंस्कारको सुरुवात भयो । कम्युनिस्टको चरित्र जनकल्याणकारी पूँजीवादी दल जत्तिको पनि रहेन । दलाल र माफियाको हाली मुहाली भए पछि व्यापारमा, जनताको प्रत्यक्ष सरोकार रहने हरेक क्षेत्रमा सिन्डिकेट छायो, नाफाखोरीको वर्चस्त चल्यो । एकातिर जग्गा बाँझो र अर्कातिर वास्तविक किसानहरू जग्गाबिहीन भएको अवस्थाले कृषिक्षेत्र चरम विकृतिको मारमा पर्‍यो । कर्मचारी तथा  जनप्रतिनिधिमा अनियमित तरिकाले झ्वाटट् धन कमाइहाल्ने प्रवृत्ति बढ्यो ।  

आकस्मिक आयप्रतिको यस्तो आकर्षणले गर्दा साबिकको काम र उद्यमले भन्दा गलत तरिकाले आय आर्जन गर्ने कुसंस्कारको सुरुवात भयो । यति हुँदा पनि नेपाली वामपन्थीहरूले यस्ता  अवस्थाको मूकदर्शक बनेर जनतालाई फेरि फेरि झुक्याउने प्रपञ्चमा लागिरहे । फलस्वरुप तस्करी मौलायो, कमिसनखोरी उच्च मात्रामा बढ्यो । निजी क्षेत्रलाई उद्योग र कल कारखाना खोल्न उक्साउनु पर्ने ठाउँमा सरकारी संस्थान, मेडिकल, शिक्षामा लगानी गर्न दिइयो जुन विशुद्ध जनताको पहुँचमा हुनुपथ्र्यो, त्यो धनवान्हरूको पहुँचमा मात्र पुर्‍याउने काम भयो । यसरी सरकारी भनेपछि सबैलाई डुबाउँदै निजी संस्थान, मेडिकल र शिक्षाकेन्द्रहरूलाई उँभो लगाउने काम भयो । उद्योगीकरण र उत्पादनको क्षेत्र पूर्णतः उपेक्षित भयो जसको फलस्वरुप उद्योग कल कारखानाहरू तीव्ररुपमा बन्द हुन थाले । देशमा वामपन्थीहरूले नै यही अवस्थालाई मलजल गरिरहे । अनि अझै्र आफूहरूलार्ई दोषमुक्त ठानेका छन् । यही गर्नु थियो भने देशमा कम्यु्निस्ट नामको पार्टीको बिगबिगी चलाएर किन पाखण्ड रचियो ? देशमा कम्युनिस्टहरू हुँदा हुँदै यस्ता काम किन भए ? यसको जवाफ तपाईहरूसँग छ ? 

नेपाली जनताको एउटा पुरै पुस्ता विकास, रोजगार, शिक्षा र सुशासनको पर्खाइमा नै बुढो भइसक्यो । जनतामा कति निराशा भरिसक्यो अनुमान गर्नुस् ।

व्यापारीहरू राजनीतिक दाताका रुपमा रुपान्तरित भएपछि राजनीतिले झन भद्दा रुप लियो । उनीहरूले जनतालाई महँगीको भारी सकेसम्म बोकाउन सफल भए । मूल्यवृद्धि अकासिएर स्वाभाविक आयले परिवार धान्न नसकिने अवस्था आए पछि अस्वाभाविक र अस्वस्थ तरिकाले आय आर्जन गर्नुपर्ने स्थिति आयो । यसले देशमा कानुनको उपहास र सामाजिक अराजकता झनै मौलायो । यसरी बेथिति र विकृतिको पर्याय बनेको नेपाली राजनीति अब सम्हाल्न नसकिने अवस्थामा पुग्यो । नेपाली जनताको एउटा पुरै पुस्ता विकास, रोजगार, शिक्षा र सुशासनको पर्खाइमा नै बुढो भइसक्यो । जनतामा कति निराशा भरिसक्यो अनुमान गर्नुस् । यसरी पुरै एक पुस्तासम्म तपाईहरूले कुनै न कुनै राम्रो राजनीतिक संस्कार बसाउन सक्नुभयो न त भौतिक रुपमा जनतालाई सन्तुष्ट पार्न सक्ने कुनै निर्माण गर्नुभयो । के लाग्छ, यो अवस्था किन उत्पन्न भयो ? 

सिद्धान्त र दर्शनलाई मिल्काएर गरेको राजनीति पाखण्ड मात्र हुन्छ । यहाँ न त राजनीतिक संस्कारको जग बस्न सक्यो, न त देशमा विकास र प्रणालीका केही काम भए । अर्कातिर राजनीतिमा चरम विकृति र अराजकता, अस्थिरता मौलाउँदै गएर राजनीति भनेको कुर्सीमा बस्ने र खसाल्ने मात्र हो भन्ने फोहोरी खेलका संस्कारमा रुपान्तरित गर्नु भयो । त्यस पछि नेपाल झन पछि पर्दै गयो र आजको यो दुर्दशा र दु्र्भाग्यजनक परिदृश्य देखा परेको हो । नेपाली नेताहरूको मूल्यहीन राजनीतिले गर्दा नेपाली नेताहरू विदेशी प्रभुका गोटी बन्ने अवस्था भयो । सामाजिक र राजनैतिक वृत्तमा वैदेशिक चलखेल यति तीव्र भयो कि नेपाली अस्मितालाई जसले पनि चलाउन सक्ने भयो । नेपाली समाज अनुशासनहीन भयो । केही गर्न नसकेको लाछी, हुतिहारा, प्रभावित र अकर्मण्य राजनीतिले देशको सार्वभौमसत्ता र सीमाको समेत सुरक्षा गर्न सकेन । जनताहरूमा बढेको आक्रोश र असहयोगी भावना पनि अब विकराल समस्या बनेर नेतालाई डस्न थालेको अवस्था भइसकेको छ । अब तपाई कताबाट सुरु गर्नुहुन्छ निर्माण, विकास, व्यवस्थापन, सहयोगी वातावरण र संस्कारको प्रक्रिया ? 

बिदेसिएका युवाहरूलाई नेपालमै रोजगारी गर्न आह्वान गर्नु हुन्छ भने उनीहरू नेपालमा अब रोजगारी गर्नेवाला छैनन् । किनभने तपपाईहरूले उत्पन्न गरेको महँगीको यो मारमा नेपालको कमाइले खर्च धान्न नसकिने अवस्था भएको छ । विदेशमा आकर्षक आय छोडेर यहाँ काम गर्ने कल्पनासम्म पनि युवाहरू र श्रमजीवीहरू गर्दैनन् । अब के सधै नेपालले युवाहरूलाई विदेश पठाएर रेमिट्यान्सले मात्र देश धान्ने योजना छ ? 

एउटा सामान्य उद्योगसम्म स्थापना गरेर चलाउन नसक्ने असक्षम राजनीतिक सत्ताले नागरिकमा बढ्दै गएको असुरक्षा र आक्रोश कसरी धान्न सक्छ ? यो आक्रोश, भ्रष्टाचार, बेरोजगारी, मूल्य वृद्धि, विकृत कर्मचारीतन्त्र, कृषकहरूको दयनीय अवस्था, विकृत राजनीतिक खेल, वैदेशिक रोजगारीको बाध्यता, सीमा क्षेत्रको तनाव, छिमेकी मुलुकको असमान व्यवहार, नेताहरूको झुट र गुटको राजनीति, अहङ्कार, शक्तिको पूजा आदि भए भरको विकृति कहिलेदेखि स्याहार्न थाल्ने र कताबाट थाल्ने ? जता पनि भ्वाङ भएपछि पहिला कुन दुलो टालेर पानी जमाउने ? यस्तो बेलामा तपाई नयाँ पार्टी खोलेर मुलुकको विकास गर्छु, देशमा समृद्धि ल्याउँछु भनेर प्रतिज्ञा गर्दा कतिसम्म पत्याउने ? कसरी पत्याउने ?  

कमरेडहरू, तपाईहरूले देशलाई असफल पार्न कुनै कसर बाँकी राख्नु भएन । देशै असफल हुने लक्षण र अवस्थाको विश्लेषण गर्न नभ्याउनु भएको हो कि त्यो अवस्थालाई कल्पना गर्न नखोजेको हो ? कि अझै ढाँटेरैै राजनीति गर्र्ने  सोचमा हुनुहुन्छ ? सोच्नुहोस्, राजनीतिमा अनैतिकता र अनुशासनहीनता अकल्पनीय रूपमा देखा परेकोे छ । जनतामा कानुनको धज्जी उडाउने वातावरण राजनीतिक दलहरूले यति मात्रामा गरिसके कि देशमा चरम अराजकता पैदा भइसकेको छ । नेपालमा सार्वभौमसत्ताको असुरक्षा र  वैदेशिक हस्तक्षेप यति भयङ्कर भइससकेको छ कि यो देश अर्को ठुलो देशमा मर्ज हुने बाहेक अरु केही हुने देखिँदैन । जनतामा वर्तमान पद्धतिप्रति यति वितृष्णा फैलिसक्यो कि लोकतन्त्रपप्रति नै खतरा हुने अवस्था देखिन थालेको छ । नेताहरूले न त जनवादको कुरा गर्छन् ! अब जनवादको आधार तयार गर्न लाग्ने कि लोकतन्त्रलाई नै बलियो बनाएर अघि बढ्ने ? यसको विश्लेषण गर्नुभएको छ कि छैन ? 

सारमा प्रगतिशील धारमा रहे पनि नेपाली कम्युनिस्ट नेताहरू संस्कारमा परम्परावादी छन् । प्रगतिशील धारमा रही परम्परावादी र पुरातन चरित्र बोकेर कहीँ पुगिँदैन ।

सारमा प्रगतिशील धारमा रहे पनि नेपाली कम्युनिस्ट नेताहरू संस्कारमा परम्परावादी छन् । प्रगतिशील धारमा रही परम्परावादी र पुरातन चरित्र बोकेर कहीँ पुगिँदैन । यो हास्यास्पद चरित्र हो । यी विसंगत चरित्रका नेपाली कम्युनिस्टहरू अब विश्वास गुमाएर विलुप्तिको बाटो लाग्ने कि ? सच्चिएर लोकप्रिय काम गरेर नेपाली वामपन्थी शक्ति, देश र जनतालाई न्याय दिने ? 

प्रगतिशील भएर धर्ममा चासो र मन्दिरका कुरा गरेर विवादित हुने, लोकतन्त्रको नाम जपेर अलोकतान्त्रिक गतिविधि गर्ने, स्वार्थ जोडिएको भए निर्लज्जताकोे सीमा नाभेर सिद्धान्तविरोधी आचरण देखाउने, समाजवादीको लेबल टाँसेर माफिया र पूँजीवादीको पक्षमा काम गर्ने, सत्ताबाहिर एउटा र सत्तारुढ हुँदा फरक व्यवहार र चरित्र देखाउने, गुटबन्दी गर्ने, अर्को तप्कालाई धुलो चटाउने भाषण गर्दै तानाबाना बुन्दै हिँड्ने आदि सामन्ती, चरम अवसरवादी, पूँजीवादी र चरम पाखण्डी चरित्र हो । यस्तो राजनीतिक ढोँगी चरित्रले कुनै पनि राजनैतिक पार्टीले देश र जनतालाई विकासतर्फ लम्काउन सक्दैन । यस्तो प्रवृत्तिले अन्ततः पतनतिर लैजाने स्पष्ट छ । अझै पनि आचरण र व्यवहारमा पुरातन, अनुशासनहीन र परम्परागत तथा पूँजीवादी विशेषता बोकेर चल्ने हो भने चाँडै नै नेपाली कम्युनिस्ट र वाम राजनीतिको अस्तित्व बिलाउने छ । कम्युनिस्ट नेताहरू कि त राजनीतिक रुपमा ह्रास भएर जानेछन् कि जनताको आक्रोशको सिकार हुनेछन् । यस्ता बेलामा पनि आफूमा, पार्टी र रणनीतिक तरिकाले कमी कमजोरी र समयले गरेको खबरदारीप्रति वास्ता गरेनन् भने इतिहासमा सीमित हुन तयार रहन समयले चेतावनी दिइसकेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x