
काठमाडौं, २ असार — एक महिनाअघि विश्वका धेरै देशको कम्प्युटर सिस्टममा भएको ह्याकिङका पछाडि उत्तर कोरियाका ह्याकरहरूको हात रहेको बेलायती सुरक्षाविद्हरूको विश्वास छ ।

बेलायतको नेसनल साइबर सेक्युरिटी सेन्टरले अन्तर्राष्ट्रिय अनुसन्धानको नेतृत्व गरेको थियो ।
सुरक्षा स्रोतहरूले बीबीसीलाई बताएअनुसार लाजारस नामक ह्याकिङ समूहले उक्त आक्रमण गरेको सेन्टरको विश्वास छ ।
अमेरिकाको कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टीमले पनि लाजारसका बारेमा चेतावनी दिएको छ ।
यही समूहले सन् २०१४ मा सोनी पिक्चर्सलाई लक्षित गरेको विश्वास गरिन्छ ।
यसैले बैंकहरूबाट पैसा चोरेको पनि विश्वास गरिन्छ ।
गत महिना वान्नाक्राई नामक –यान्समवेयरले संसारभरिका कम्प्युटरलाई लक गरिदिएर पैसा तिरेपछि मात्र अनलक गर्ने स्थिति ल्याइदिएको थियो । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा यसबाट नराम्ररी प्रभावित भएको थियो ।
बीबीसीबाट