भारतीय क्रिकेट टीमको कप्तानी रोहित शर्मालाई दिने तयारी

भारतीय क्रिकेट टीमको कप्तानी रोहित शर्मालाई दिने तयारी

भारतीय क्रिकेटमा ठूलै परिवर्तन आउने लक्षण देखिएको छ । कप्तान विराट कोहलीबाट वान डे र टी२० को कप्तानी खोसिनसक्ने खबर भारतीय सञ्चारमाध्यमहरूले दिएका छन् । 


Advertisement

बीसीसीआईले फरक फरक फर्म्याटका लागि फरक फरक कप्तान राख्ने सोच बनाइरहेको छ । यस्तो गरिएमा रोहित शर्मालाई वान डे र टी२० को कप्तानी दिइनसक्छ भने कोहलीलाई टेस्ट टीमको मात्र कप्तान बनाइनेछ । 


Advertisement

अक्टोबर नोभेम्बरमा हुन लागेको टी२० विश्वकपपछि रोहित शर्मालाई कप्तान बनाइनसक्छ । 

कोहलीले विगत केही महिनायता रोहित शर्मा र टीम व्यवस्थापनसँग यस विषयमा लामै कुराकानी गरेका छन् । अस्ट्रेलियामा विराट पेटरनिटी लीभका कारण भारत फर्किँदा भारतले टेस्ट शृंखलामा ऐतिहासिक विजय हासिल गरेको थियो । त्यतिखेर सामाजिक सञ्जालमा कोहलीको विकल्पका विषयमा व्यापक चर्चा भएको थियो । 


Advertisement

अहिले बीसीसीआईले पनि त्यसलाई गम्भीरतापूर्वक लिएको जस्तो देखिन्छ । 

तीनैवटा फर्म्याटमा कप्तानी गर्दाको दबाबका कारण विराट कोहलीको ब्याटिङमा असर परेको देखिन्छ । उनलाई कप्तानीको बोझ हलुका गराउँदा ब्याटिङमा निखार आउने देखिन्छ । 

त्यसो त वानडेमा कोहलीको जीत प्रतिशत ७०.४३ छ भने टी२० मा ६७.४४ छ । तर ती प्रतिस्पर्धाहरूमा महेन्द्र सिंह धोनीको साथ उनले पाएका थिए । 

कप्तानीको बोझ नहुने हो भने कोहली कम्तीमा ५ वर्ष टप फर्ममा रहेर ब्याटिङ गर्न सक्छन् । 

अनि पाँचपटक आईपीएल जितिसकेका रोहित शर्माको टी२० मा कप्तानीको रेकर्ड पनि कसैको भन्दा कम छैन । त्यसैले राष्ट्रिय टीमको कप्तानी उनलाई दिने उपयुक्त समय यही हो ।
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्