×

NMB BANK
NIC ASIA

अवरुद्ध संसद् खुलाउने प्रयास

एमाले अनुपस्थित भएपछि सर्वदलीय बैठक निष्कर्षविहीन, एमालेसहितको बैठक राख्न सभामुखलाई सुझाव

भदौ २८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएपछि सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको छ । अवरुद्ध संसद खुलाउने विषयमा सभामुख सापकोटाले सोमवार दिउँसो संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक बोलाएका थिए । 

Sagarmatha Cement
Muktinath Bank

बैठकमा सहभागी नेताहरूले छिट्टै एमालेसहितको बैठक राख्न सभामुख सापकोटालाई सुझाव दिएका छन् । प्रमुख प्रतिपक्षी दल नै अनुपस्थित भएपछि बैठक निष्कर्षविहीन बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत सहभागि थिए । 


Advertisment
Nabil box
Kumari

बैठकमा सभामुख सापकोटाले एमाले अध्यक्ष केपी ओलीलाई बैठकमा बोलाउन आफूले प्रयास गरे पनि सफल नभएको ब्रिफिङ गरेका थिए । 

Vianet communication
Laxmi Bank

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले ओलीलाई बैठकमा उपस्थित गराउन गरिएको प्रयासबारे सभामुखले जानकारी गराएको बताइन् । दलका नेताहरूले एमालेसहितको बैठक राख्न सुझाव दिएको पनि उनले बताइन् । 

पार्टीले कारवाही सिफारिश गरेका १४ सांसदको पदमुक्त भएको सूचना टाँस्न दबाब दिँदै एमालेले संसदमा अवरोध गरिरहेको छ । एमालेले माधव नेपाल नेतृत्वको पार्टी अवैधानिक रहेको भन्दै सो दल उपस्थित हुने बैठकमा सहभागी नहुने सभामुखलाई जानकारी गराएको थियो । 

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बिहान सभामुख सापकोटालाई फोन गरेर १४ सांसद पदमुक्त भएको सूचना टाँस्न या राजीनामा गर्न सुझाव दिइएको लोकान्तरलाई बताए । 

१४ सांसदमाथिको कारवाही सदर नगरिएको भन्दै एमालेले भदौ २३ गतेदेखि संसदमा नाराबाजी गर्दै आएको छ । 

एमालेको नाराबाजीका बाबजुद सरकारले बजेट प्रतिस्थापन विधेयक र अध्यादेश संसदमा पेश गरेपछि सत्ता र प्रतिपक्षको विवाद उत्कर्षमा पुगेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x