काठमाडौं, २ असार – एक्सन स्टार निखिल उप्रेतीको चलचित्र ‘रुद्र’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।
रामजी लामिछाने निर्देशित उक्त फिल्ममा निखिलका अतिरिक्त विश्व शर्मा, सारा, रोय देव, ध्रुव कोइराला, अनिल पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको ट्रेलर आकर्षक लाग्छ । लभ र एक्सनको कथा ट्रेलरमा अटेको छ । चलचित्रलाई सौरभ लामाले खिचेका हुन् भने कल्पना कटुवाल र भक्त प्रसाद शर्माले निर्माण गरेका हुन् । चलचित्रमा दिनेश सुनाम र निखिल उप्रेतीको संगीत रहेको छ ।