कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
भदौ ३०, २०७८
अमेरिकाका शीर्ष सैन्य अधिकृतले चिनियाँ समकक्षीलाई दुईपटक फोन गरेर चीनविरुद्ध तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पले युद्ध शुरू गर्न सक्ने चेतावनी दिएको एक नयाँ पुस्तकमा खुलासा गरिएको छ ।
पत्रकारद्वय बब वूडवार्ड र रोबर्ट कोस्टाको पुस्तक पेरिलका केही अंश द वाशिङटन पोस्ट दैनिकमा छापिएको छ । त्यसमा उल्लेख भएअनुसार, राष्ट्रपति निर्वाचन हार्न लाग्दा ट्रम्पले चीनविरुद्ध युद्ध शुरू गर्न खोजेका थिए ।
अमेरिकाको जोइन्ट चीफ्स अफ स्टाफका अध्यक्ष जनरल मार्क मिल्लेले सन् २०२० को अक्टोबर ३० मा चिनियाँ जनमुक्ति सेनाका जनरल ली च्वोचङलाई फोन गरेका थिए । त्यतिखेर चुनाव आउन चार दिन थियो ।
उनले जनवरी ८ मा पनि फोन गरेका थिए । ट्रम्पका समर्थकहरूले अमेरिकी संसद् भवनमा आक्रमण गरेको दुई दिन बितेको थियो ।
ती फोनकलहरूमा मिल्लेले लीलाई अमेरिका स्थिर रहेको र चीनमाथि आक्रमण नगर्ने अनि आक्रमण भइहालेछ भने पनि समकक्षीलाई समयअगावै खबर गर्ने आश्वासन दिएको लेखिएको छ ।
पेरिल नामक पुस्तक तयार पार्न २०० स्रोतसँग अन्तर्वार्ता लिएको वूडवार्ड र कोस्टाले बताएका छन् । पुस्तक अर्को साता सार्वजनिक गरिनेछ ।
मिल्लेले सीआईएकी तत्कालीन निर्देशक जिना ह्यास्पल र राष्ट्रिय सुरक्षा निकायका प्रमुख पल नाकासोनलाई ट्रम्पले गलत काम गर्न सक्ने भएकाले सतर्क रहन समेत भनेका थिए ।
‘मिल्लेले आफ्नो अधिकारक्षेत्रभन्दा पर गएर काम गरेको र आफैंमा असाधारण शक्ति खिचेको केहीले भन्न सक्छन्,’ लेखकहरूले टिप्पणी गरेका छन् ।
ट्रम्पले एक बयान जारी गरेर यो झूटो कथा भएको बताए । यो साँचो भएमा मिल्लेलाई देशद्रोहको मुद्दा चलाउनुपर्ने उनको भनाइ छ ।
‘अभिलेखका लागि भनौं, मैले चीनमाथि आक्रमण गर्ने सोच राखेकै थिइनँ,’ ट्रम्पले बताए ।
मिल्लेको कार्यालयले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...