×

NMB BANK
NIC ASIA

जब १६ वर्षीया किशोरी एक दिनका लागि गाउँपालिका अध्यक्ष बनिन् ...

भदौ ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बूढीगंगा गाउँपालिकाकी १६ वर्षीया सुस्मिता ऋषिदेवले एक दिनका लागि गाउँपालिका अध्यक्ष बनेर काम गरिन् । बाल दिवसको अवसरमा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले आर्थिक र प्रशासनिक बाहेकको अधिकार उनलाई हस्तान्तरण गरे ।

Muktinath Bank

उनले आफूले पाएको अधिकारको भरपुर प्रयोग गरिन् । एक दिनका लागि अध्यक्ष बनेकी सुस्मिताले कर्मचारीलाई निर्देशन दिनेदेखि कार्यपालिकाको बैठक समेत राखिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्षको अधिकार के हो भनी प्रमुख प्रशासकीय अधिकृत डम्बर वल्लभ बरालसँग सोधेर उनले कार्यभार सम्हालेकी थिइन् । निर्वाचित जनप्रतिनिधिसहित बैठकमा बसेकी उनले गाउँपालिकाका कामलाई छिटोछरितो र सहजरूपमा सञ्चालन गर्न निर्देशन दिइन् ।


Advertisment
Nabil box
Kumari

बैठक सञ्चालनमा प्रमुख प्रशासकीय अधिकृत डम्बरबल्लभ बरालले सहयोग गरेका थिए ।  बैठकमा बालबालिकासम्बन्धी कार्यक्रम सञ्चालनका लागि बाल क्लबले पेस गरेको प्रस्ताव उपर छलफल गरी ५० हजार बजेट निकासा दिने निर्णय समेत भयो ।

Vianet communication
Laxmi Bank

उनको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकामा निर्माण हुने भौतिक संरचना बालमैत्री बनाउने, सन् २०२५ भित्र गाउँपालिकालाई बालविवाह मुक्त घोषणाका लागि (आजै) सोही दिनबाट काम सञ्चालन गर्ने र लामो समयदेखि बन्द रहेको विद्यालय सञ्चालन गर्नका लागि गाउँपालिकाभरिका सबै विद्यालयमा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गर्‍यो ।

बैठकपछि सुस्मिताले स्वास्थ्य चौकी बुढीगंगा र कर्मवीर माध्यमिक विद्यालयको अनुगमन गरेकी थिइन् । स्वास्थ्य चौकी अनुगमन गर्दै उनले त्यहाँ आउने सेवाग्राहीलाई स्वास्थ्यचौकीले दिएको सेवा सुविधाको विषयमा जानकारी लिइन् ।

उनले स्वास्थ्यकर्मीहरूलाई सेवाग्राहीलाई भरपर्दाे र सहज सेवा प्रदान गर्न निर्देशन दिइन् । त्यसपछि उनले अध्यक्षको जिम्मेवारी गाउँपालिका अध्यक्ष माझीलाई हस्तान्तरण गरिन् ।

एक दिनका लागि भए पनि गाँउपालिकामा आउन पाउँदा खुसी लागेको उनले बताइन् ।  गरीबीको रेखामुनि रहेका बालबालिकालाई यसरी नै अगाडि बढाउन खोज्ने हो भने महिला पनि नेतृत्वमा आउन सक्ने उनको भनाइ छ ।

अवसर पाए नेतृत्व गर्न सक्छु भन्ने उनलाई लागेको छ ।

‘अहिले पनि हाम्रो समाजमा बालविवाह बढ्दो अवस्थामा छ । त्यसलाई रोक्नु चुनौतीपूर्ण रहेको छ । आफूले कुनै जिम्मेवारी पाए नेतृत्व गर्न सक्छु भन्ने लागेको छ,’ सुस्मिताले भनिन् ।

बालबालिकाहरूलाई नेतृत्वमा ल्याउने उद्देश्यले एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाउने कार्यक्रम सञ्चालन गरिएको राष्ट्रिय बाल अधिकार परिषद् प्रदेश १ का समन्वय अधिकृत सुमन अधिकारीले बताए ।

उनले बालबालिकामा नेतृत्व विकासको अभ्यास गराउनुका साथै राष्ट्रिय बाल दिवसलाई नेपालमा नै फरक र नवीन रूपमा मनाउने योजना अनुसार कार्यक्रम गरिएको बताए । 

गाउँपालिका अध्यक्ष माझीले बालिका सुस्मिताले गरेको तीन बुँदे निर्णय कार्यतालिकाको शुक्रवार बस्ने बैठकले अनुमोदन गरी कार्यान्वयन गर्ने बताए ।

बालिकासँग काम गर्न पाउँदा केही कुरा सिक्ने अवसर मिलेको प्रमुख प्रशासकीय अधिकृत  बरालले बताए । 

विपन्न, दलित, सुकुम्बासीको बारेमा केही नयाँ कुराहरू जानकारी भएको उनको भनाइ छ । 

बालबालिका, किशोरी, महिला, विपन्न, दलित, सुकुम्वासीको गाउँपालिकाप्रतिको बुझाइ र अपेक्षाका बारे जान्ने अवसर प्राप्त भएको समेत गाउँपालिका अध्यक्ष माझीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x