×

NMB BANK
NIC ASIA

एमाले फूलमा बस्ने माहुरी हो, माधव नेपालको पार्टी फोहोरमा बस्ने झिँगा हो : केपी ओली

भदौ ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई माहुरी र माधव नेपालको पार्टीलाई झिँगाको संज्ञा दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

रुपन्देहीमा बुधवार अगुवा कार्यकता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘एमाले फूलमा बस्ने माहुरी हो । माधव नेपाल र उनको पार्टी फोहोरमा बस्ने झिँगा हो । अब तपाईं आफैं रोज्नुहोस् । फूलको बगैंचामा बस्ने कि फोहोरको डुंगरमा बस्ने ?’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीले कार्यकर्तालाई निराश नबनी एमालेमा बसेर मौरीको साथमा लागेर फूलबारीमा लाग्न आग्रह गरे । उनले अबको समय एमालेको भएको भन्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरे ।


Advertisment
Nabil box
Kumari

अध्यक्ष ओलीले एमाले आकाश जस्तै ठूलो र फराकिलो रहेको भन्दै एमालेलाई कसैले रोक्न नसक्ने बताए । ‘कसैले एमालेलाई फुटाउन वस्त्र समेत फालेर तमासा देखाए,’ पूर्व प्रधानमन्त्री समेत रहेको ओलीले भने, ‘एमाले आकाशबाट पर्ने पानीलाई रोेक्न नसकेजस्तै हो । कसैले रोक्न सक्दैन । केही व्यक्तिवादी र स्वार्थकेन्द्रित कार्यकर्ताले पार्टी छाड्दैमा एमालेलाई कुनै असर पर्दैन ।’

Vianet communication
Laxmi Bank

कसैले आन्दोलनका उपलब्धिलाई छाडेर जाँदैमा निराश नहुन कार्यकर्तालाई ओलीले आग्रह गरे । ‘एमाले फुटेको होइन । कार्यकताले दुःख मनाउ गर्नु पर्दैन । पिलो निचोरेर हलुंगो भएजस्तै हो,’ उनले भने ।

एमालेलाई विजयी यात्राको तयारीमा लाग्न कार्यकर्तालाई ओलीले आग्रह गरे । माधव नेपालले एमालेमाथि बन्चरो प्रहार गरेको ओलीको आरोप छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x