×

NMB BANK
NIC ASIA

अल्पमतमा परेकी अष्टलक्ष्मीलाई अदालतको आश

भदौ ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भदौ २ गते नयाँ बानेश्वरको अर्याल होटलमा एमालेको विद्रोही पक्षले नयाँ पार्टी दर्ताको लागि कागजपत्र तयारी गरिरहँदा नेताहरूमाझ सनसनीपूर्ण सूचना फैलियो – अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त हुँदैछिन् ।

Muktinath Bank

बागमती प्रदेशको मुख्यमन्त्री बन्नेबारे शाक्यले नेता माधवकुमार नेपालसँग परामर्श गरेकी भए पनि नेपालले यो सूचना आफ्नो समूहमा सर्कूलर गरेका थिएनन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेभित्र विवाद शुरू भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली विरोधी कित्तामा उभिएर सबैभन्दा चर्को विरोध गर्नेमध्ये अष्टलक्ष्मी सबैभन्दा अग्रस्थानमा थिइन् । एमालेमा रहँदा सधैं नेपाल खेमामा रहेकी शाक्य विद्रोहको अन्तिम क्षणमा एमाले संस्थापन पक्षको अफरमा मुख्यमन्त्री हुन गइन् भन्ने सूचनाले अर्याल होटलमा जम्मा भएकाहरू खिन्न देखिएका थिए । 


Advertisment
Nabil box
Kumari

दिउँसो बागमती प्रदेशको संसदीय दलको नेता बनेकी शाक्यले राति करीब १० बजे मुख्यमन्त्रीको शपथ ग्रहण गरेकी थिइन् । 

Vianet communication
Laxmi Bank

उनी मुख्यमन्त्री भएकै दिन माधव नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दर्ता भयो । भदौ ९ गते नेकपा एकीकृत समाजवादीले दल दर्ताको प्रमाणपत्र पायो र एमाले विधिवत रूपमा फुट्यो । एमाले फुटको असर बागमती प्रदेशमा पनि पर्ने स्वभाविक भयो । 

बागमती प्रदेशमा समानुपातिक र प्रत्यक्ष गरी एमालेका कूल ५६ सांसद थिए । ११० सदस्यीय संसद रहेको बागमती प्रदेशमा सरकार सञ्चालनका लागि ५६ सांसद भए पुग्छ । सरकार सञ्चालनका लागि बागमती प्रदेशमा एमालेको प्रष्ट बहुमत थियो तर एमाले विभाजनपछि १२ जना सांसदले एकीकृत समाजवादी रोजेका छन् । मुख्यमन्त्री बनेको २ हप्तामै शाक्य नेतृत्वको सरकार अल्पमतमा छ । 

शाक्यलाई अदालतको आश  

नेपालमा पहिलो महिला मुख्यमन्त्री बनेर कीर्तिमान बनाएकी शाक्य नेतृत्वको सरकार नजोगिने निश्चित छ तर उनले अझै आश मारिसकेकी छैनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कारबाही गरेको १४ जना सांसदको कारबाही सदर गर्न र निर्वाचन आयोगमा दर्ता भएको नेकपा एकीकृत समाजवादी पार्टी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् । 

यदि अदालतले ओलीले माग गरेअनुसारकै आदेश गरेमा बागमतीमा शाक्य नेतृत्वको सरकार जोगिन सक्छ । नेकपा एकीकृत समाजवादी पार्टीको दर्ता खारेज भएमा पार्टीमा लागेका सांसद एमालेकै हुन्छन् । 

बागमती प्रदेश सरकारको मन्त्रीबाट बाहिरिएका तर शाक्यको समर्थनमा रहेका एमालेका एक सांसद भन्छन्, ‘अहिले हामी अल्पमतमा छौं । सरकार नरहने निश्चितप्रायः छ तर अदालतमा मुद्दा भएकाले अझै आश भने मारिसकेका छैनौं ।’ 

अदालतले एमालेबाट विभाजन भएको पार्टी खारेजको निर्णय सुनाउने आशा आफूहरूमा रहेको ती नेताले बताए । 

यसबाहेक उनीहरूले अर्को विकल्पमा पनि आश राखेका छन् । त्यो हो केन्द्रीय सरकार बनाएको गठबन्धनमा आउन सक्ने विचलन । केही गरी गठबन्धन टुट्ने अवस्था आउँदा पनि त्यसलाई सरकार जोगाउने उपायको रूपमा प्रयोग गर्न सकिने सम्भावना रहेको ती नेताले बताए । 

नयाँ दर्ता भएको नेकपा एकीकृत समाजवादीले बागमती प्रदेशमा संसदीय दल गठन गरेर राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता बनाएको छ । पाण्डेले मुख्यमन्त्रीको दाबी गरेका छन् । त्यसबाहेक कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले पनि मुख्यमन्त्रीको दाबी गरेका छन् । 

केन्द्रमा सत्ता बनाएको गठबन्धनमा रहेकै दलहरू मिलेर बागमती प्रदेशमा पनि सरकार बनाउने तयारीमा छन् । बागमती प्रदेशमा माओवादी केन्द्रका २३, कांग्रेसका २२ सांसद छन् । मजदुर किसान पार्टी र विवेकशील साझाका ३–३, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x