×

NMB BANK
NIC ASIA

प्रेस काउन्सिल पत्रकारिता पुरस्कार घोषणा, गोपालदास पत्रकारिता पुरस्कार कोइरालालाई

भदौ ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

प्रेस काउन्सिल नेपालले यस वर्षको गोपालदास पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार भारतदत्त कोइरालालाई दिने निर्णय गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

काउन्सिलले सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पोखराका बद्रीविनोद खनाल ‘प्रतीक’लाई दिने निर्णय गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रेस काउन्सिल आचारसंहिता पुरस्कार हिमालय टाईम्स दैनिक (उज्वलशर्मा) लाई दिने निर्णय भएको काउन्सिलले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

त्यसैगरी लोकान्तर डट्कमका सम्पादक विमल गौतम र दाङका पत्रकार दुर्गालाल केसीलाई प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कारबाट सम्मानित गरिने भएको छ । 

Vianet communication
Laxmi Bank

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको काउन्सिलको बोर्ड बैठकले नेपाली पत्रकारितका पुराना, पाका र अनुभवी पत्रकार कोइरालालाई यस पटक गोपालदास पत्रकारिता पुरस्कारका लागि छनौट गरेको हो ।

कोइरालाले विकास पत्रकारितामा विख्यात म्यागासेसे पुरस्कार प्राप्त गरेका थिए । नेपाली पत्रकारितामा लामो योगदान पुर्‍याएका कोइराला अन्तर्राष्ट्रिय रूपमा पनि राम्रो छवि बनाएका थोरै नेपाली पत्रकारमा पर्छन् । 

कोइरालालाई छनौट गर्ने काउन्सिलको निर्णयले राजनीतिक सिफारिस र पृष्ठभूमि बाहिरका एक अनुभवी, व्यावसायिक र दक्ष नेपाली पत्रकारको सम्मान भएको प्रतिक्रिया नेपाली पत्रकारितामा लामो अनुभव भएका सञ्चारकर्मीले दिएका छन् । कोइरालाजस्तो अन्तर्राष्ट्रिय छवि आर्जन गरेका पुराना पत्रकारलाई छनौट गर्ने काउन्सिलको निर्णय परिपक्क र विवादरहित देखिएको उनीहरूको प्रतिक्रिया छ । 

नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले भारतदत्त कोइरालाजस्तो व्यक्तिले पुरस्कार पाउनु खुशीको कुरा भएको बताए । ‘म प्रेस काउन्सिलमा सदस्य रहेको समयमा स्थापना गरिएको गोपालदास पत्रकारिता पुरस्कारबाट भारतदत्त कोइरालाजस्तो व्यक्तिको कदर भएको छ । त्यो पुरस्कारको पनि सम्मान भएको छ,’ दाहालले लोकान्तरसँग भने, ‘कोइरालालाई छनौट गर्ने काउन्सिलको निर्णय उपयुक्त छ ।’

अनुभवी पत्रकार देवप्रकाश त्रिपाठीले पनि भारतदत्त कोइरालालाई छनौट गर्ने काउन्सिलको निर्णय उपयुक्त रहेको प्रतिक्रिया दिए । ‘भारतदत्त कोइरालाको नेपाली पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान छ । काउन्सिलको निर्णयले उहाँको सम्मान भएको छ,’ त्रिपाठीले भने, ‘पछिल्ला वर्षमा राजनीतिक आस्थाका आधारमा पुरस्कारका लागि छनौट गर्ने र सबैको चित्त बुझाउने परिपाटी बस्दै गएको देखिन्छ । यसका बाबजुद कोइराला लगायतका व्यावसायिक पृष्ठभूमिका व्यक्ति काउन्सिलको छनौटमा पर्नु चाहिँ खुशीको विषय हो ।’

त्रिपाठीले पुरस्कारका लागि छनौट गर्दा नवप्रतिभालाई प्रोत्साहन मिल्ने गरी निर्णय लिन काउन्सिलको ध्यानाकर्षण समेत गराए ।

प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कारका लागि छनौटमा परेका लोकान्तर डट्कमका सम्पादक गौतम २ दशकदेखि पत्रकारितामा क्रियाशिल छन् । कर्मचारीतन्त्र, न्यायालय र सुशासन विषयमा लामो समय रिपोर्टिङ गरेका गौतम खोज पत्रकारितामा विशेष दख्खल राख्छन् ।

दाङ जिल्लामा सक्रिय पत्रकार दुर्गालाल केसी खोज पत्रकारिताका साथै अध्यापन क्षेत्रमा पनि संलग्न छन् । 

प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका लक्की चौधरीलाई प्रदान गरिने भएको छ । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार माधव नेपाल, विन्दुकान्त घिमिरे, बविन शर्मा, गोविन्द चौलागाई र सुशील अर्याललाई दिने निर्णय भएको छ । 

काउन्सिलको स्थापना दिवसको अवसरमा असोज ६ गते काठमाडौंमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गरिने छ । 

हेरौं काउन्सिलबाट पुरस्कृत हुनेको विवरण :-

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x