पार्टी विभाजनपछि संगठनलाई सशक्त बनाउँदै एमाले


नेकपा एमाले विभाजन भएर माधव नेपालले नयाँ पार्टी बनाएपछि संस्थापनले विभाजनको असर हुन नदिन संगठनमा क्षति नहुन सक्रियता बढाएको छ।  
देशभर विभिन्न नाममा कार्यक्रम राखेर पार्टीलाई चलायमान र नेता कार्यकर्तालाई एकताको सन्देश दिने प्रयास गरेको एमालेले पार्टी विभाजनको असर खासै नरहेको दावी गर्दै आएको छ ।


Advertisement

आजमात्रै रुपन्देहीको कार्यक्रममा ओली सहभागी भएका थिए भने मंगलबार पूर्वी नेपाल पुगेका थिए । यस्तै बिहीबार ओलीको सहभागितामा काठमाडौं जिल्ला कमिटीको आयोजनामा प्रशिक्षण कार्यक्रम हुँदैछ ।


Advertisement

नेपाल प्रज्ञा प्रतिष्ठानमा १२ बजे बाट शुरु हुने बृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा   नेकपा एमालेका जिल्ला कमिटी सदस्यहरु, महानगर तथा नगर कमिटीका सदस्यहरु, पार्टीका जनप्रतिनिधि लगायतको सहभागिता रहनेछ ।

यस्तै महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य , नेता राम बहादुर थापा र केन्द्रीय सदस्य कृष्ण गोपाल श्रेष्ठको पनि सहभागिता हुने काठमाडौं अध्यक्ष कृष्ण राईले जानकारी दिए ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्