×

NMB BANK
NIC ASIA

धादिङका साना किसान तथा व्यवसायीहरुलाई मेगा बैंकको सहुलियत कर्जा

भदौ ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मेगा बैंक नेपाल लिमिटेडले धादिङका साना किसान तथा लघु उद्यमीहरुलाई कृषि तथा लघु उद्यमी कर्जा प्रदान गर्ने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

मेगा बैंक नेपाल लिमिटेड, त्रिपुरासुन्दरी गाउँपालिका, मेगा क्यापिटल मार्केटस् लिमिटेड र धादिङ उद्योग बाणिज्य संघबीच यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्झौता अनुसार, त्रिपुरासुन्दरी गाउँपालिकाका साना किसान तथा लघु उद्यमी तथा व्यवसायीहरुलाई कृषि तथा लघु व्यवसाय स्थापना तथा संचालनका लागि मेगा बैंकले त्रिपुरासुन्दरी गाउँपालिका, धादिङस्थित शाखा कार्यालयवाट सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । कर्जाका लगानीका लागि त्रिपुरासुन्दरी गाउँपालिकाले लक्षित साना किसान तथा लघु ब्यवसायीहरुलाई बैंक समक्ष सिफारिस गर्नेछ । 


Advertisment
Nabil box
Kumari

सम्झौता हस्ताक्षर कार्यक्रममा मेगा बैंकका प्रमुख लघु तथा कृषि कर्जा पुण्यप्रसाद खनियाले साना किसान तथा लघु व्यवसायीहरुलाई मेगा बैंकको त्रिपुरासुन्दरी गाउँपालिकास्थित शाखाबाट छिटो तथा छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गरिने बताए ।

Vianet communication
Laxmi Bank

मेगा बैंकले स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नाराका साथ विपन्न वर्गलाई प्राथमिकतामा राखी बैंकिङ्ग सेवा सर्वसुलभ गराउँदै आइरहेको बताउँदै उहाँले साना किसान तथा लघु व्यवसायीहरुलाई वित्तीय साक्षरताका साथै आधुनिक बैंकिङ्ग सेवामा आबद्ध गराउने जानकारी पनि दिए।  

यसैगरी, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापाले मेगा बैंकले महिला तथा विपन्न वर्गका समुदायलाई प्राथमिकताका साथ कृषि, लघु तथा साना कर्जा प्रवाह  गर्दै आएकोले आफूहरुले सहकार्य गरेको बताए । मेगा बैंकको सहुलियतपूर्ण कर्जा सहायताले साना किसान तथा लघु उद्यमीहरुलाई थप आत्मबल प्रदान गर्नुका साथै व्यवसाय सञ्चालनमा मद्दत मिल्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा मेगा क्यापिटल मार्केटस् लिमिटेड र धादिङ उद्योग बाणिज्य संघका प्रतिनिधिहरुले यस किसिमका कर्जा प्रवाह गर्ने क्रममा लक्षित वर्गको पहिचानका साथै व्यवसायिक योजना तयार गर्न साना किसान तथा उद्यमीहरुलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x