आजको मौसम–यी स्थानमा वर्षाको सम्भावना

बिहीबार नेपालको मौसममा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ।
जसका कारण बिहीबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी तथा सुदुर पश्चिम प्रदेशका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।


Advertisement

राति पनि देशभर  सामान्य देखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुर पश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। दिउँसो जस्तै राति पनि सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।


Advertisement

 

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्