×

NMB BANK
NIC ASIA

विदेशीका लागि अपराध गर्ने थलो बन्दै नेपाल

नेपालमा विदेशीका अपराधः एटीएम ह्याक, तस्करीदेखि यौन धन्दासम्म

भदौ ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल विदेशी नागरिकहरूको अपराध गर्ने थलो बन्दै गएको छ ।

Muktinath Bank

लागूऔषध तस्करी, सुन तस्करी, साइबर अपराध, बाल यौन दूराचार र यौनधन्दाका लागि विदेशी नागरिकहरूले नेपाली भूमि प्रयोग गर्ने गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

.....


Advertisment
Nabil box
Kumari

भदौ १३ गते लागूऔषध नियन्त्रण ब्यूरोले झण्डै ३ केजी कोकिनसहित अफ्रिकन नागरिक सिर्ले गामालाई पक्राउ गर्‍यो । लागूऔषध कोकिन बोकेर दक्षिण अफ्रिकको जोहानेसवर्गबाट केपटाउन, त्यहाँबाट कतारको दोहा हुँदै नेपाल आएकी गामालाई ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर उनी बस्ने होटलसम्म लगेको थियो । भारतमा पर्यटक भिषा नपाएपछि नेपालमा जरिवाना तिरेर भित्रिएकी उनलाई विद्यार्थी भिषामा नेपालमा बस्दै आएकी ताञ्जेनियाकी एक युवतीले सघाएको प्रहरी अनुसन्धानमा खुलेको थियो । 

Vianet communication
Laxmi Bank

सन् २०१९ को शुरूआतमा पर्यटक भिसामा नेपाल आएकी ताञ्जेनियाकी २६ वर्षीया गेरटुर्डे लिओनार्ड किमारो पछिल्लो दुई वर्षदेखि विद्यार्थी भिसामा नेपाल बस्दै आएकी छिन् । विश्व भाषा क्याम्पसमा नेपाली विषय अध्ययन गर्ने बहानामा काठमाडौंको क्षेत्रपाटीमा २० हजारमा फ्ल्याट भाडामा लिएर बसेकी छन् । 

एक्लै बस्दै आएकी किमारोले फ्ल्याटमा यौनधन्दा समेत चलाउँदै आएको प्रहरी अनुसन्धानमा देखिएको छ । उनले नेपालका भीआईपी ग्राहकलाई लक्षित गरेर यौन धन्दा चलाउँदै आएको तथ्य बाहिर आएको थियो । यसका साथै उनले नेपालमा बसेर भारतमा रहेका लागूऔषधका कारोबारी र अफ्रिकामा रहेका एजेन्टहरूसँग मध्यस्तताको भूमिका खेल्दै आएको अनुसन्धानमा खुलेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ । 

.....

२०७६ भदौ १४ गते बेलुका दरबारमार्गको एटीएम ह्याक गरेर पैसा चोरी गर्दैगर्दा ६ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरूको साथबाट प्रहरीले १ करोड ६७ लाख नेपाली रुपैयाँसमेत बरामद गरेको थियो ।

प्रहरीले चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानगाङ, किउ युनकिङ र चेन बिन बिन लगायत ५ जनालाई सार्वजनिक गरेको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भाग्न खोजेका सु लु सिङ अर्को दिन भदौ १५ गते पक्राउ परेका थिए । उनीहरूले नबिल बैंकको दरबारमार्गमा रहेको एटीएम, हिमालयन बैंकको ठमेलमा रहेको एटीएम र प्रभू बैंकको कमलपोखरीमा रहेको एटीएमबाट रकम निकालेका थिए ।

पक्राउ परेका चिनियाँ नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार १ सय ८ अमेरिकी डलर, १ हजार १ सय ९१ चिनियाँ युवान, २ सय ५० यूरो, ५ हजार क्याम्बोडिन मुद्रा र ८० हङकङ डलर फेला परेको थियो ।

नक्कली भिसा कार्ड १ सय ३२ थान, सक्कली भिसा कार्ड १८ थान, कार्ड प्रिन्टर मशिन १ थान, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड १/१ थान प्रहरीले बरामद गरेको थियो । 

एटीएमबाट लुटिएको पैसा साट्न सहयोग गर्ने डेक्सो मनि एक्चेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपालय मनि एक्चेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र नेपालय मनि एक्सचेन्जकै म्यानेजर रेवती दवाडी पनि भदौ १६ गते पक्राउ परेका थिए । 

हात्तीसारस्थित होटल मायामनोहर बुटिकका २०१, ६०२ र ६०४ नम्बर कोठामा आरोपी चिनियाँ नागरिक बसेका थिए । उनीहरू अहिले बैंकिङ कसूरअन्तर्गतको मुद्दामा केन्द्रयी सुन्धारामा छन् । 

.....

२०७६ पुस ७ गते केन्द्रीय अनुसन्धान ब्यूरो र महानगरीय अपराध महशाखाको टोलीले काठमाडौंको बौद्ध, टोखा लगायतका विभिन्न ठाउँबाट घर भाडामै लिएर गेम्लिङ खेलाउने १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको साथबाट ७४७ मोबाइल र ३३१ ल्यापटप, ९८ वटा सीपीयू, ९९ मोनिटर, २२ पेनड्राइभ र ३२७ सीमकार्डसहित ८ ट्रक सामानहरू बरामद गरेको थियो । उनीहरूलाई पक्राउ गरेको १० दिनपछि अध्यागमन विभागले चीन डिपोर्ट गरेको थियो । 

सोही दिन नै पर्यटक भिषामा नेपाल आएका ९६ जना चिनियाँ नागरिक पक्राउ परेका गरेका थिए । ४ सयभन्दा बढी सरकारी वेबसाइटहरू ह्याक भएपछि माथिको ठाडो निर्देशनमा ती चिनियाँ नागरिकहरूलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो ।

२०७६ साउन ७ गते पोखरा महानगरपालिका वडा नम्बर ६, डिहिकोपाटनबाट बालयौन दुराचारको आरोपमा ६३ वर्षीय अष्ट्रेलियन नागरिक बेरीम्यान टमस अल्फ्रेडलाई प्रहरीले पक्राउ गरेको थियो । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले कोठामा राखिएका दुई बालकलाई तत्काल उद्धार गरेको थियो  । अल्फ्रेडले भाडामा लिएको कोठामा ती बालकसँग बालयौन दूराचार (अप्राकृतिक मैथुन) गर्ने गरेका थिए । पक्राउ परेका अल्फ्रेड पेशाले प्याराग्लाइडिङ पाइलट हुन् । उनी वर्किङ भिसामा नेपाल आएका थिए ।

.....

२०७५ साउनमा काठमाडौंको गौशालाबाट बाल यौनदुराचारमा संलग्न भएको आरोमा फ्रान्सेली नागरिक ४२ वर्षीय क्रिस्टोफे ग्लोलक्स र ३८ वर्षीय मिचेलचुपाउलाई पक्राउ गरेको थियो । उनीहरूले कागेश्वरी मनोहरा भद्रवासमा डेरा लिएर बाल यौन दुराचार गर्दै आएको खुलेको थियो ।

यसभन्दा अगाडि २०७४ चैन २६ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बालयौन दुराचारको अरोप लागेका संयुक्त राष्ट्रसंघका पूर्वअधिकारीलाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको थियो । 

नेपाली बालबालिकालाई ललाईफकाई यौन दुराचार गरेको आरोपमा क्यानेडियन नागरिक ६० वर्षीय पिटर जोन डालग्लिस पक्राउ परेका थिए ।

डालग्लिसले सन २०१० देखि २०१४ सम्म युएन हेबिट्याटको कन्ट्री रिप्रिजेन्टेटिभका रूपमा अगानिस्तानमा काम गरका थिए ।

५ वर्षमा ३३ सय विदेशी पक्राउ– प्रहरी  

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार नेपालमा आगूऔषध, चोरी, हुण्डी, बाल यौनदुराचार लगायत अपराधमा पछिल्लो ५ वर्षमा ३ हजार ३६४ जना विदेशी नागरिक पक्राउ परेका छन् । 

आर्थिक वर्ष २०७३/०७४ मा ३६ जना महिला र ५१९ जना पुरुष गरी ५ सय ५५ जना, ०७४/०७५ मा ३१ महिला ७ सय ८ पुरुष गरी ७ सय ३९ जना, २०७५/०७६ मा ६४ महिला र ७९३ पुरुष गरी ८ सय ५७ जना, २०७६/०७७ मा ५६ महिला र ६७७ पुरुष गरी ७ सय ३३ जना र आर्थिक वर्ष २०७७/७८ मा १० महिला र ३९० पुरुष गरी ४ जना विदेशी नागरिक अपराधमा संलग्न देखिएका छन् ।

 

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुवँरका अनुसार नेपालमा संगठित अपराध, लागूऔषध, साइबर अपराध लगायतका अपराध विदेशी नागरिकहरू पक्राउ परेका छन् । 

प्रहरी विषेश गरेर लागूऔषध भित्रिने देश नाइजेरियालगायत अफ्रिकन देशहरूबाट आउने विदेशीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत नेपाल भित्रिने नाकाहरूमा निगरानी राख्ने गरेको प्रवक्ता कुँवरले लोकान्तरलाई बताए ।

अहिले नेपालका कारागारहरूमा १ हजार २६५ जना विदेशी नागरिकले कैद भुक्तान गरिरहेका छन्, त्यसमध्ये सबैभन्दा धेरै भारतीय नागरिक १ हजार ९९ जना, चिनियाँ नगरिक २६ जना, भूटानी नागरिक २३ जना र बाँकी अन्य विभिन्न देशका रहेका कारागार व्यवस्थापन विभागका प्रवक्ता नारायण न्यौपानेले बताए ।

न्यौपानेका अनुसार कारागार सजायँ भुक्तान सकेपछि उनीहरूको अपराधको प्रकृति हेरेर उनीहरूकै देशमा डिपोर्ट गर्नका लागि अध्यागमन विभाग पठाइन्छ । भारतीय नागरिकहरू भने कैद भुक्तान गरेपछि पनि प्रायः नेपालमै बस्ने गरेका छन् ।

‘भारतीय श्रमिकहरू यहीँ बसेर काम गर्ने गरेको पनि पाएका छौं भने अन्य देशका नारिकहरूलाई आफ्नो देश पठाउन अध्यागमन विभागमा पठाउँछौं,’ प्रवक्ता न्यौपानेले लोकान्तरसँग भने ।

५ वर्षमा २४ सय डिपोट भए : प्रवक्ता झङ्कनाथ ढकाल अध्यागमन विभाग अध्यागमन विभाग

पछिल्लो ५ वर्ष अर्थात सन् २०१७ देखि २०२१ को सेप्टेम्बर १० तारिखसम्ममा २ हजार ४०३ जनालाई डिपोट गरेको छ ।

विभागका निर्देशक झङ्कनाथ ढकाललका अनुसार सन् २०१९ मा ओभर स्टेका कारण ५९० जना, राहदानी जालसाजीमा २९ जना, विना पासपोर्ट नेपाल प्रवेश गरेका ५ जना, लागूऔषधमा पक्राउ परेका ८ जना, बैकिङ ठगीमा १ जना, खोटा चलन ३ जना, यौनदुराचार ३ जना, सुन चोरी ९ जना, अवैध हुण्डी कारोवारमा ३ जना, ठगी र कलबाइपासमा २/२ जना र अन्य विभिन्न कसूरमा १५ जनालाई डिपोट गरेको थियो ।

यस्तै सन् २०२० मा ओभर स्टे ९२ जना, भिषाविपरीतको कार्य १६४ जना, शंकास्पद राहदानी १३ जना, लागूऔषध ९ जना, जाली राहदानी ८ जना, विना भिषा नेपाल प्रवेश ७ जना, आन्दोलनकारी ३ जना, खोटा चलन ३ जना, चोरी २ जना, लागूऔषध ३ जना, राहदानी दुरुपयोग ३ जना, चोरी २ जना, जाली नागरिकता ३ जना, जाली भिषा ३ जना, मानव बेचबिखन तथा संगठित अपराधमा ३ जना, सुन तस्कर २ जना र अन्य १३ जनालाई डिपोट गरेको निर्देशक ढकालले बताए ।

डिपोट गरिनेमध्ये अधिकांश ओभर स्टेका हुन्छन् । त्यसपछि विभिन्न अपराध गरेर सजाय भुक्तान गरिसकेकाहरूलाई डिपोट गर्ने गरेको निर्देशक ढकालले लोकान्तरलाई बताए ।

‘नेपालमा शंकास्पद राहदानी भएका, लागूऔषध कोरावारीहरू, सुनचोरीमा संलग्नहरूलाई पनि अध्यागमनले डिपोट गर्दै आएको छ,’ निर्देशक ढकालले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x