×

NMB BANK
NIC ASIA

कांग्रेस महाधिवेशन इतिहास : जो हारे पनि चर्चामा रहे

भदौ ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

भनिन्छ, इतिहास सधैँ जित्नेको हुन्छ । तर हरेक परिवर्तनमा पराजितहरूको भूमिका नै छैन भन्ने चाहिँ होइन ।

Sagarmatha Cement
Muktinath Bank

नेपाली कांग्रेसमा २०१२ को वीरगञ्ज महाधिवेशन र सभापतिमा पराजित उम्मेदवारको सधैँ चर्चा हुने गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थापनाकालदेखि चौथो महाधिवेशनसम्म निर्विरोध रुपमा नेतृत्व चयन गर्दै आएको नेपाली कांग्रेसभित्र पाँचौं अधिवेशनमा आएर पहिलोपटक सभापतिका लागि चुनाव भएको पाइन्छ । अधिवेशनले बीपीलाई सभापतिमा निर्वाचित गर्‍यो भने मातृकाप्रसाद कोइराला, गणेशमान सिंह, गोपालप्रसाद भट्टराई र केदारमान व्यथित प्रतिस्पर्धामा थिए । 


Advertisment
Nabil box
Kumari

‘त्यसको तीन वर्षपछि सम्पन्न छैठौं महाधिवेशनमा सुवर्णशमशेर राणा र गणेशमान सिंहबीच प्रतिस्पर्धा भयो । उहाँले जीवनमा एकपटक मात्रै पदको आकांक्षा देखाउनुभयो, त्यो हारिसकेपछि कहिल्यै पनि सभापतिको आकांक्षा देखाउनुभएन, त्याग मात्रै संघर्ष मात्रै,’ नेपाली कांग्रेसका नेता होमनाथ दाहालले भने । 

Vianet communication
Laxmi Bank

कांग्रेसले समाजवादको नीति पारित गरेको त्यो ऐतिहासिक महाधिवेशनमा सभापतिका लागि जिल्ला–जिल्लाबाट मतदान भएको थियो ।

‘२०१२ सालमा गणेशमान र सुवर्णजीबीच प्रतिस्पर्धा थियो । म त दुई वर्षको मात्र थिएँ होला । जिल्ला–जिल्लामा ढ्वाङ राखेर त्यहीँ काउन्ट (गणना) गरेर निष्पक्ष तरिकाले मतदान गराइयो,’ 

राजनीतिक विश्लेषक विनोदकुमार भट्टराई भन्छन्, ‘आवा (आकाशवाणी)बाट रिपोर्ट आउँथ्यो । सुवर्णजीले जित्नुभयो । गणेशमानजी हार्नुभयो ।’

कांग्रेसले समाजवादी नीति लिएको पनि वीरगञ्ज अधिवेशनबाट नै हो । त्यति मात्र होइन, सभापतिमा निर्वाचित भए लगत्तै सुवर्णशमशेरले आफ्नो १२ हजार विगाह जग्गा गरीबलाई वितरण गरी बिर्ता उन्मूलनको घोषणा त्यहीँबाट गरेका थिए । 

‘अर्कोतिर सभापतिका उम्मेदवार सिंहले त्यसपछि कहिल्यै सभापतिमा उम्मेदवारी नै दिनुभएन,’ नेता होमनाथ दाहालले भने, ‘त्यसपछि सातौं महाधिवेशन हुँदा आफ्नै नेतृत्वको क्रान्तिबाट राणा शासन फालेर कांग्रेस दुईतिहाइ बहुमतका साथ सत्तामा थियो । बीपीविरुद्ध भूदेव राई चुनावी मैदानमा उत्रिनु भयो ।’

त्यसको केही समयपछि राजाले प्रजातन्त्रमाथि कू गरी ३० वर्षसम्म पञ्चायती शासन चलाए । दलहरूमाथि प्रतिबन्ध लगाइयो ।

‘एउटा पार्टी संरचना निर्माणका लागि सबै वर्ग, समुदाय र विचारको समष्टिगत प्रतिनिधित्व हुनुपर्छ । त्यसभित्र जसलाई कार्यकर्ताले चयन गर्छन् ऊ सभापति हुन्छ । हार्नेहरुको पराजय नै हो कि भन्ने मानसिकता देखिन्छ,’ राजनीतिक विश्लेषक प्रा. डा. राम थपलियाले भने, ‘यसलाई कांग्रेसले राम्ररी हेर्नुपर्छ । अहिलेको महाधिवेशनलाई पनि हार जितको रुपमा मात्र लिइयो भने देश दुर्घटनामा पर्न सक्छ । त्यसैले एक अर्कोको अस्तित्व स्वीकार गरेर जानुपर्छ ।’

त्यस्तै आठौं महाधिवेशनका लागि ३० वर्ष कुर्नुपर्‍यो । झापामा सम्पन्न आठौं, महाधिवेशनबाट सभापतिमा कृष्णप्रसाद भट्टराई निर्विरोध निर्वाचित भए । नवौं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला, चिरञ्जीवी वाग्ले र रामहरी जोशीबीच प्रतिस्पर्धा भयो । दशौं महाधिवेशनमा कोइरालालाई शेरबहादुर देउवा र रामहरी जोशीले चुनौती दिए । 

एघारौं महाधिवेशनमा तेस्रो कार्यकालका लागि सभापतिमा उम्मेदवारी दिएका गिरिजाप्रसाद कोइरालालाई नरहरि आचार्यले चुनौती दिए । 

यसबीच नेपाली कांग्रेस र प्रजातान्त्रिक कांग्रेसबीच एकीकरण भयो । बाह्रौं महाधिवेशनमा कार्यवाहक सभापति सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङ मैदानमा ओर्लिए । 

सभापतिमा लगातार दुई पटक पराजित देउवा तेह्रौं महाधिवेशनबाट कांग्रेसको सभापति बने ।  कांग्रेसको इतिहासमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने १० नेता सभापति हुन सकेनन् । तर, पनि कांग्रेसको छैठौं महाधिवेशन र सभापतिका पराजित गणेशमान सिंहको चर्चा आम कांग्रेसजनबीच सधैँ भइरहन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x