कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
जिल्ला कारागार बैतडीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा संक्रामक रोगको जोखिम बढेको छ ।
२५ जनाको क्षमता रहेको कारागारमा हाल ७५ कैदीबन्दी छन् । तीमध्ये ४२ कैदी र बाँकी थुनुवा रहेका कारागार प्रमुख अनिल तिवारीले जानकारी दिए ।
तेब्बर कैदीबन्दी हुँदा सरुवा रोगको पनि जोखिम बढेको छ । ‘भौतिक दूरी कायम हुने त कुरै छैन, कोरोनाको पनि जोखिम छ,’ उनले भने, ‘कारागारभित्र ठाउँ नभएर टेण्ट हालेर राखेका छौं, व्यवस्थापनमा निकै चुनौती छ ।’
‘कारागार भित्रैको कम्पाउन्डमा २ टेन्ट हालेका छौं, त्यसभित्र ८ शय्या लगाएर १३ जनालाई त्यहाँ बसोबासको व्यवस्था गरेका छौं,’ प्रमुख तिवारीले भने, ‘व्यवस्थापनमा चुनौती थपिएको छ, ठाउँ अभावमा एउटै शय्यामा ३ कैदीबन्दी सुत्ने गरेका छन् ।’
कैदीबन्दीलाई शौचालय प्रयोग र सरसफाइका लागि समेत समस्या हुँदै आएको छ । उनीहरूमा कोरोना संक्रमणको जोखिम बढेकाले बाह्य भेटघाट पनि बन्द गरिएको छ । ‘सबैले खोप लगाए पनि जोखिम बढ्ने भएकाले बाहिरी भेटघाट बन्द गरेका हौं,’ प्रमुख तिवारीले भने, ‘विशेष परिस्थिति तथा मुद्दासँग सम्बन्धित भेटघाट भए, ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट र कोरोना खोप लगाएको कार्ड हेर्ने गरेका छौं ।’
जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले पनि कारागारमा संक्रामक तथा सरुवा रोगको जोखिम रहेको बताए । उनले भने, ‘थोरै मान्छे बस्नुपर्ने ठाउँमा बढी मान्छे लामो समयसम्म बस्दा जोखिम निकै हुन्छ ।’ यस्तो ठाउँमा क्षयरोग तथा श्वासप्रश्वास सम्बन्धी समस्या बढी देखिने सम्भावना हुन्छ ।
पुरानो र जीर्ण भवन पुनर्निर्माण नहुँदा सुरक्षा चुनौती पनि थपिएको छ । विक्रम संवत् २०४० सालमा निर्माण गरिएको कारागार पुनर्निर्माण नहुँदा जीर्ण बनेको हो ।
नयाँ भवन निर्माणका लागि कारागार व्यवस्थापन विभागमा लागत अनुमान सहितको योजना पठाइए पनि कहिले बन्ने भन्ने टुंगो छैन । प्रमुख तिवारीले भने, ‘नयाँ भवन बन्ने कुराको टुंगो लागेको छैन, ४ करोडभन्दा बढीको लागत इस्टमेट गरेर पठाइएको थियो ।’
कारागार सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...