सिटी एक्सप्रेसको नयाँ योजना 'सिटी आयो लखपति बनायो'

सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठलाई लक्षित गर्दै “सिटी आयो लखपति बनायो ” उपहार योजना घोषणा गरेको छ ।


Advertisement

यस योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार  उपहार प्रदान गरिने छ ।


Advertisement

साथै हरेक महिना ५ जनालाई १-१ लाख गरी २ महिना सम्म १० जना लखपति बन्न सक्नेछन् ।

कम्पनीका अनुसार यस “सिटी आयो लखपति बनायो” अफर असोज १ गते देखि  कार्तिक ३० गते सम्म लागू हुनेछ ।


Advertisement

यो अवधिभर सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्