दुर्व्यसनसहित एचआईभी घटाउन अभियान सञ्चालन

लागूपदार्थ सेवनगर्नेहरूबाट एचआईभी संक्रमण बढ्न थालेकामा बागलुङमा चिन्ता व्यक्त गर्न थालिएको छ ।


Advertisement

सुई साटासाट गर्नेबाट एचआईभी बढेको आशंकामा त्यसको न्यूनीकरणका लागि सरोकार निकायले अभियान पनि थालेका छन् ।


Advertisement

बागलुङमै पनि त्यस्ता युवाको संख्या बढिरहेकाले पहिलो चरणमा सुरक्षित सुई लगाउने व्यवस्था गर्ने, त्यसपछि आनीबानीमा परिवर्तन ल्याएर शून्य दरमा घटाउने योजना बनाइएकोे स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए ।

कम्युनिटी सपोर्ट गु्रपले स्वास्थ्य कार्यालयको सहकार्यमा अभियान थालेको छ । बुधवार आयोजित कार्यक्रममा जिल्लामै २४६ देखि ३२५ सम्म युवा लागुपदार्थ सेवनबाटै संक्रमित भएको हुनसक्ने आकलन गरिएको जानकारी दिइयो । 


Advertisement

कम्तीमा ९० प्रतिशत संक्रमित पहिचान गरेर तिनलाई एआरटी सेन्टर पुर्‍याउने र ९० प्रतिशत भाइरस नियन्त्रण गर्ने योजना गु्रपले बनाएको छ । संक्रमित पहिचान भएपछि तिनको आनीबानी परिवर्तन गराउने, समुदायबाटै समस्या समाधान गराउने, पटक–पटक भेटिएका संक्रमितको नियमित अनुगमन गर्ने, साथीसाथी मिलेर सुई लगाउनेलाई एउटै सुई दिने, सुई लगाउने दर घटाउने र शून्यमा पुर्‍याउने लक्ष्य समेत रहेको जानकारी दिइएको थियो । 

अहिलेसम्म बागलुङमा ६७ युवाले सुईमार्फत लागूपदार्थ सेवन गर्ने गरेको भेटिएको जनाइएको छ । 

नेपालभर २७ हजारदेखि ३४ हजारसम्म लागुपदार्थ सेवनकर्ता युवा रहेको एक अध्ययन प्रतिवेदनमा उल्लेख छ । पहिलो चरणमा व्यक्ति र परिवारबाटै समस्या समाधान खोज्न जिल्ला समन्वय समितिका अधिकृत खिमबहादुर विकले सुझाव दिए ।

कमेन्ट गर्नुहोस्