×

NMB BANK
NIC ASIA

कोभिडविरुद्धको खोप लगाएका पर्यटकलाई ‘अनअराइभल भिसा’ दिने व्यवस्था तत्काल मिलाउन माग

असोज १, २०७८

NTC
Sarbottam
फाइल तस्वीर।
Premier Steels
Marvel

पर्यटन क्षेत्रका अगुवा संगठनले कोभिड–१९ विरुद्धको खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा नराखी ‘अनअराइभल भिसा’ मा नेपाल आउन दिने व्यवस्था तत्काल मिलाउन सरकारसमक्ष माग गरेका छन् ।

Muktinath Bank

नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान), होटल सङ्घ नेपाल (हान), प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरलगायत १४ संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै व्यवसायीका माग तत्काल सम्बोधन नगरे अर्को सातादेखि सङ्घर्षमा उत्रने चेतावनी दिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पर्यटक आगमन सहजताका लागि भारतसँगको सीमानाका तत्काल खोल्नुपर्ने, सरकारले घोषणा गरेको पर्यटकलाई एक महिनाको फ्रि भिसा तुरुन्तै लागू गर्न माग गरेका व्यवसायीले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सट्टा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई जिल्लाको कोभिड–१९ परिस्थितिअनुसार स्वास्थ्य मापदण्ड पालना गर्न लगाउनुपर्ने सुझाएका छन् ।


Advertisment
Nabil box
Kumari

पर्यटन क्षेत्रलगायत अन्य क्षेत्रको माग सम्बोधनका लागि व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई), नेपाल चेम्बर अफ कमर्श (एनसीसी) र नेपाल उद्योग परिसङ्घ (सीएनआई)सँग सहकार्य गरेर अगाडि बढ्ने नाट्टाका अध्यक्ष अच्युत गुरागाईँले बताए । 

Vianet communication
Laxmi Bank

उनले अन्तर्राष्ट्रिय जगतमा ट्राभल एडभाइजरीमा नेपाललाई ‘रेडजोन’मा राखिएको हुँदा सो रेडजोन हटाउनका लागि पर्यटनकर्मीलाई पूर्णरूपमा कोभिडविरुद्धको खोप लगाइसकेको र कोभिड खोप लगाइसकेका पर्यटकलाई नेपालमा निर्वाधरूपमा आउन दिनुपर्ने बताए । 

क्वारेन्टिन हटाइएको अन्तर्राष्ट्रिय मिडियामा प्रचारप्रसार गरे मात्र ट्राभल एडभाइजरी रेडजोनबाट सुरक्षित जोनका रूपमा विश्वबजारमा सुरक्षित रहने सन्देश जाने भएकाले सोको अविलम्ब व्यवस्था गर्न व्यवसायीले अनुरोध गरे । 

चौधवटै संस्थाका अध्यक्ष तथा पदाधिकारीको बिहीबार भएको बैठकले पाँच बुँदे मागसहित विज्ञप्ति सार्वजनिक गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x