×

NMB BANK
NIC ASIA

पतिले कुटपिट गरेपछि दुईतल्लामाथिबाट हाम्फाल्न खोजिन् गर्भवती महिला (भिडियो)

असोज १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

ब्राजिलको दुके दे कासियास शहरमा एक गर्भवती महिला दोस्रो तल्लाको झ्यालबाट हाम्फालेर भाग्न खोजेको कारुणिक भिडियो सार्वजनिक भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

पतिले कुटपिट गरेपछि भाग्न खोजेकी महिलालाई पतिले झ्यालबाट घिसारेर कोठातर्फै लगेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिवार छिमेकीहरूले यो घटनाको भिडियो खिचेका हुन् । 


Advertisment
Nabil box
Kumari

भिडियोमा मारिया जोसेले आफ्नो देब्रे गोडा झ्यालमा राखेको तर उनका पति भिटोर बाटिस्टाले उनको टाउको समातेर कोठातिरै तानेको देखिन्छ । 

Vianet communication
Laxmi Bank

छिमेकीहरूले प्रहरीलाई बोलाएपछि बाटिस्टा पक्राउ परेका थिए । 

जोसेले गुहार, मलाई बचाऊ लेखिएको एउटा नोट झ्याल बाहिर फालेको थाहा पाएपछि बाटिस्टाले रिसले चुर हुँदै पत्नीलाई कुटपिट गरेका थिए । 

उनले प्रहरीलाई यो सामान्य झगडा मात्र भएको बताएका थिए । 

जोसेले चाहिँ आफूलाई पतिले बिहे गरेको दुई वर्षमा लगातार कुटपिट गर्ने गरेको बताइन् । 

गत मे महिनामा पनि उनी भाग्नका लागि झ्यालबाट हाम्फाल्न खोजेकी थिइन् । 

‘ऊ एकदमै ईर्ष्यालु थियो र पोजेजिभ पनि । मलाई बाहिर जानै दिँदैनथियो । मैले जागिर समेत गुमाएँ,’ जोसेले भनिन् । 

‘उसले ममाथि आक्रमण गरेपछि मलाई मानसिक समस्या आउन थाल्यो र काम गर्न सकिनँ । म घरैभित्र बसिरहें अनि हाकिमसँग बहाना बनाइरहें,’ उनले थपिन् ।

प्रहरी सुपरिवेक्षक फर्नान्डा फर्नान्डेजले छिमेकीहरूबाट कल नआएको भए जोसेको ज्यान पनि जान सक्नेथियो भने । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x