माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
असोज १, २०७८
नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालय उद्घाटन गर्दै अध्यक्ष माधवकुमार नेपालले भने– एक साताभित्रै सरकार विस्तार गर्नेगरी छलफल भइरहेको छ ।
सत्ता गठबन्धनका नेताले यसो भन्न थालेको लामो समय भैसक्यो, तर दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्को आकार ६ सदस्यीयबाट बढ्न सकेको छैन ।
असार २९ मा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएपछि अरू चारजना मन्त्री नियुक्त गरेका थिए । साउन १० गते उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएयता देउवा सरकार विस्तार हुन सकेको छैन ।
सरकार विस्तार हुन नसक्दा गठबन्धनले औचित्य पुष्टि गर्न नसकेको र जनताको दैनन्दिन काम प्रभावित भएको भन्दै आलोचना हुन थालेको छ ।
सबैभन्दा महत्वपूर्ण कुरा त सरकारले संसदबाट बजेट नै पास गर्न नसक्दा देश संघीय संरचनामा गएयता पहिलोपटक बजेट होलिडेको अवस्था सिर्जना भएको छ ।
सरकार विस्तारका विषयमा दर्जनौंपटक सत्तारुढ गठबन्धनको बैठक बसेको छ ।
ती बैठकहरू निष्कर्षमा पुग्न सकेका छैनन् । दलहरू बीचमा मन्त्रालय बाँडफाँड हुन नसक्दा पनि सरकार विस्तारमा अवरोध सिर्जना भएको छ ।
एकीकृत समाजवादी र जनता समाजवादीबीचमा मन्त्रालय बाँडफाँडको विषयमा कुरा मिल्न सकेको छैन । दुवै दलले एउटै मन्त्रालयमा दाबी गरेकाले समस्या भएको गठबन्धनका नेताहरू बताउँछन् ।
दुई दल बीचमा मन्त्रालय भागबण्डा मिलाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समन्वयको प्रयास गरेका थिए । त्यसले पनि सार्थक निष्कर्षमा नपुर्याएको एकीकृत समाजवादीका एक नेताले बताए ।
मन्त्रालय भागबण्डा भन्दा पनि सरकार विस्तारका लागि राजनीतिक दलसम्बन्धी अध्यादेश सबैभन्दा ठूलो अवरोधका रूपमा देखिएको छ ।
एमालेबाट माधव नेपाल नेतृत्वको समूहलाई नयाँ दल दर्ता गर्नका लागि सहजीकरण गरिदिन सरकारले हठात संसद् अधिवेशन अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको थियो ।
त्यही अध्यादेश अहिले सत्तारुढ गठबन्धनलाई फलामको चिउरा बनेको छ । भदौ २३ बाट शुरू भएको संसद्को नवौं अधिवेशनमा उक्त अध्यादेश टेबल गरिएको भए पनि त्यसको अन्तिम किनारा लाग्न सकेको छैन ।
अध्ययादेश एक्टिभ रहेको अवस्थामा सरकार विस्तार गर्दा जनता समाजवादी पार्टी विभाजन हुने डर उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई छ ।
अध्यादेशमा पार्टीको केन्द्रीय कमिटी वा संसदीय दलमध्ये कुनै एकमा २० प्रतिशत सदस्य पुर्याउँदा नयाँ दल दर्ता गर्न सकिने प्रावधान छ ।
जनता समाजवादी पार्टीका १८ सांसद छन् । त्यसमध्ये ४ जना मात्रै छुट्टिँदा पनि नयाँ दल दर्ता गर्न सक्छन् ।
अध्यादेश सक्रिय रहेकै अवस्थामा सरकार विस्तार गर्दा सरकारमा भाग नपाएका सांसदले दल विभाजन गर्न सक्ने डरमा अध्यक्ष उपेन्द्र यादव छन् । तर, उक्त पार्टीका नेता एवं सांसद महेन्द्र राय यादव भने सरकार विस्तार गर्दा कुनै पनि पार्टी नफुट्ने दाबी गर्छन् ।
‘सरकार विस्तार गर्दा पार्टी फुट्ने कुरै छैन । तर, जुन प्रयोजनका लागि अध्ययादेश जारी गरिएको थियो त्यो प्रयोजन सकिएपछि निष्क्रिय गरियोस् भनेका हौं ।’
अध्ययादेश निस्क्रिय हुनासाथ सरकार विस्तार भइहाल्ने उनले बताए ।
‘सरकार विस्तारका बारेमा दैनिकजसो छलफल भइरहेको छ । केही कुरा मिल्न बाँकी भएकाले रोकिएको हो । अब चाँडै सरकार विस्तार हुन्छ’, यादवले भने ।
संसद्मा दर्ता भएको अध्यादेश कि त संसद्ले अस्वीकृत गर्नुपर्यो होइन भने संसद्मा टेबल भएको दुई महिनाको अवधि पर्खनुपर्यो । संसद्मा टेबल भएको ६० दिनभित्र उक्त अध्यादेश अनुमोदन भएन भने स्वतः निस्क्रिय हुने कानूनी प्रावधान छ ।
अध्यादेशले जनता समाजवादी पार्टीलाई जस्तै समस्या भर्खरै दर्ता भएको दल नेकपा एकीकृत समाजवादीलाई पनि परेको छ ।
नेकपा एमालेले कारवाही गरेको सांसदको पद रिक्त भएको सूचना जारी नगरेर सभामुख अग्निप्रसाद सापकोटाले दल विभाजनमा सहयोग गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको छ । उक्त मुद्दामा एमालेले सभामुख, निर्वाचन आयोग र एकीकृत समाजवादीलाई विपक्षी बनाएर उक्त दलको दर्ता खारेजीको माग गरेको छ ।
सो मुद्दाको टुंगो नलाग्दै अध्यादेश निस्क्रिय बनाउँदा अदालतले नयाँ दललाई मान्यता नदिन सक्ने डर एकीकृत समाजवादीका नेताहरूलाई छ । दल दर्ता खारेज हुँदा संसद्मा गठबन्धनको सहज बहुमतमा पनि धक्का पुग्छ । त्यसो हुँदा अदालतमा पुगेको उक्त मुद्दाको अन्तिम किनारा नलाग्दासम्म अध्यादेश निष्क्रिय नबनाउन माधव नेपालले गठबन्धनमा दबाब दिइरहेका छन् ।
एकीकृत समाजवादीका एक नेता भन्छन्, ‘सरकार विस्तारमा केही राजनीतिक समस्या छन् । त्यो समाधान नभई सरकार विस्तार हुने सम्भावना देखिँदैन । उक्त समस्यामा राजनीतिक उपायको खोजी भइरहेको छ ।’
ती नेताले भनेको राजनीतिक समस्या राजनीतिक दल सम्बन्धी अध्यादेश नै हो । सोही अध्यादेशको जगमा बलियो बनेको भनिएको सरकार त्यसकै कारण अप्ठ्यारोमा समेत परिरहेको छ ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...