कोभिड-१९ : थपिए १५५८ संक्रमित, १० जनाको मृत्यु

पछिल्लो २४ घन्टामा १५५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 


Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३८५ नमूना परीक्षणमध्ये एक हजार ८६ पीसीआर र ४७२ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 


Advertisement

यससँगै नेपालमा हालसम्म ८ लाख ७१ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

यस्तै पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार १२ पुगेको छ । 


Advertisement

मन्त्रालयका अनुसार थप एक हजार ५५८ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ४६ हजार ५६६ पुगेको छ । 

हाल मुलुकभर २५ हजार ४९७ सक्रिय संक्रमित छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्